back

सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन २९ बुधवार

171 

shares
NTC AD
Global IME AD

२९ साउन,चितवन । जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत स्वास्थ्य, सुरक्षा र विकास सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम भरतपुर महानगरपालिका–४ स्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार दिउँसो सम्पन्न भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्वास्थ्य र सुरक्षा विषयमा शुभकामना मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक नारायण कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रत्येक घरको भान्सा कोठामा नै औषधिजन्य सामाग्री पाइने भएकोले उक्त सामाग्रीको समुचित प्रयोगलाई संस्थागत गर्दै लैजानुपर्छ भन्ने मूल उद्देश्यकासाथ आयोजना गरिएको उक्त कार्यक्रममा पाथिभरा आयुर्वेदिक अस्पताल काठमाडौंका डाक्टर विपि तिमिल्सिनाले स्वास्थ्यमा सहयोग पुग्ने विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

पाथिभरा आयुर्वेद अस्पताल काठमाडौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारी परिवार, जिल्लास्थित आमा समूह, समुदाय–प्रहरी टोल समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ साउन २९ बुधवार १४:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...