Sansar News

दक्षिण भारतमा बाढी २०९ को मृत्यु

संसार न्यूज़
१ हप्ता पहिले


२९ साउन, भारत । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।
यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भईसकेको छ । आगामी २४ देखि ४८ घण्टाभित्र भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन् ।
भारी वर्षाको कारण भारतको केरला, कर्नाटक, महाराष्ट्र र गुजरातमा १२ लाख व्यक्तिलाई उनहरुको घरबाट निकालेर सुरक्षित स्थानमा लगिएको थियो । ती व्यक्तिहरुमा प्रायलाई सरकारद्धारा सुञ्चालित शरणार्थी शिवीरहरुमा लगिएको जनाइएको छ ।
केरलामा गत वर्ष पनि भीषण बाढीले सताएको थियो । सन् २०१८ मा भारतमा बाढीको कारण करिब ४ सय ५० व्यक्तिको मृत्यु भएको थियो ।
हाल केरलामा यस भीषण बाढीको कारण ९५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५९ व्यक्ति बेपत्ता भएका केरला प्रहरीले बुधबार एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसैगरी केरलाको छिमेकमा पर्ने कर्नाटक राज्यमा यस भीषण बाढीको कारण ४८ व्यक्तिको मृत्यु भएको छ । सो राज्यमा करिब ६ लाख ७७ हजार व्यक्तिलाई उद्धार गरिएको अधिकारीह्रुले जानकारी दिएका छन् ।
पश्चिमी राज्य गुजरात र महाराष्ट्रमा यस बाढीको कारण ६६ व्यक्तिको मृ्त्यु हुनको साथै लाखौ व्यक्तिलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । (रासस)

सर्बाधिक पढिएको

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद

तीन तलाक विधेयक पारितभएको चारदिनपछि नै पतिले गरे फोनबाटै सम्बन्धविच्छेद ३ हप्ता पहिले | संसार न्यूज़

१९ साउन,भारत । मुस्लिम महिलाको हित सम्बद्र्धन गर्न बनेको भनिएको…

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या

१४ घण्टापछि नै अमेरिकामा अर्को आक्रमण, ९ जनाको हत्या ३ हप्ता पहिले | संसार न्यूज़

१९ साउन, । अमेरिकाको टेक्सासमा १९ जनाको हत्या हुने गरी…

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति

अमेरिकामा मारिए ओसामाका छोरा, तर बोल्न चाहेनन् अमेरिकी राष्ट्रपति ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन । आतंककारी अलकायदाको नेता ओसामा बिन लादेनका छोरा…

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई  ?

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ? ३ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा…

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट  पारित भयो ‘तीन तलाक’

भारतीय मुस्लिम महिलाका खुसीको खबर, राज्यसभाबाट पारित भयो ‘तीन तलाक’ ३ हप्ता पहिले | संसार न्यूज़

३१ जुलाई, काठमाण्डौं । भारतको राज्यसभाबाट तीन तलाक पारित भएको…

राहत बोकेको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित तीनको मृत्यु

राहत बोकेको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित तीनको मृत्यु १६ घण्टा पहिले | अनिता रेग्मी

३ भाद्र, भारत । भारतको उत्तराखण्डस्थित उत्तर काशीमा आएको बाढी…