Sansar News- Nepal's Fast Khabar Online News Portal

शंकास्पद वोदोल्याण्ड विद्रोहीको आक्रमणमा १४ जनाको मृत्यु, २० जना घाइते

संसार न्यूज़
४ वर्ष पहिले

२२ साउन, कोकराझार (असाम) । असाममा शंकास्पद नेशनल डेमोक्रेटिक फ्रन्ट वोदोल्याण्डका लडाकूको शुक्रबार भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

भारतीय प्रहरी असामका महानिर्देशक मुकेश सहायले असामबाट १२ किलोमिटर दूरीमा अवस्थित बालजिन तिनाइली बजार क्षेत्रमा अज्ञात समूहको आक्रमणमा परी मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म १४ पुगेको छ भने घटनामा २० जना भन्दा बढी घाइते भएको पुष्टि गर्नुभएको छ ।

घटनाको कसैले जिम्मेवारी नलिएपनि आक्रमणमा नेशनल डेमोक्रेटिक फ्रन्ट वोडोल्याण्डका लडाकू प्रयोग भएको आशंकामा प्रहरीले खोजी सुरु गरेको छ ।

आतंकवादीको आक्रमणबाट १२ जनाको बजार क्षेत्रमै मृत्यु भएको र बाँकी दुई जनाको घाइते अवस्थामा अस्पताल लैजाने क्रममा मृत्यु भएको अर्का प्रहरी अधिकारीले बताए ।

उक्त समयमा गस्तीमा रहेको एक प्रहरी टोलीको कारबाहीमा एक जना विद्रोहीको मृत्यु भएको भए पनि उनको पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । प्रहरीले उक्त बजार क्षेत्रमा तीन चार जनाको समूह लुकेको आशंकामा बजार क्षेत्रलाई चारै तिरबाट घेरा हाली उनीहरुको खोजी भइरहेको बताएको छ ।

प्रहरीले घटनास्थलबाट एके¬–५६ र ४७ सेरिजका केही राइफल तथा केही मात्रामा विस्फोटक पदार्थ नियन्त्रणमा लिएको बताइएको छ ।

यसैबीच, आसामका मुख्यमन्त्री सर्वानन्द सोनोवालले शुक्रबार अज्ञात समूहबाट भएको हत्याको निन्दा गर्दै घाइतेजनलाई उपचार र आवश्यक औषधिको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

भारतीय जनता पार्टीका तर्फबाट यसैवर्ष मे मा मुख्यमन्त्री बन्नुभएका सोनोवालले सरकारले आतंकवादी गतिविधिमा संलग्न दोषीलाई कडा कानुनी सजायँ दिने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “नागरिकमाथि कुनै समूहबाट आक्रमण भए पनि सरकारले यसको प्रतिवाद गर्नेछ ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहले आफूलाई फोन गरेको र घटनामा दिवंगत हुनुहुने सबै नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेको मुख्यमन्त्री सोनोवालले बताउनुभयो ।

राज्य सरकारले तत्काल राहत स्वरुप परिवारजनलाई घटनामा मृत्यु हुने व्यक्तिका लागि पाँच लाख र घाइतेलाई एक लाख राहतको घोषणा गरेको छ । पिटिआई

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…