Sansar News

वरिष्ठ साहित्यकार दीक्षित अब रहेनन्

संसार न्यूज़
१ हप्ता पहिले
वरिष्ठ साहित्यकार दीक्षित अब रहेनन्

३० साउन, काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो ।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।दीक्षितका ‘माधवी’, ‘ऋग्वेद केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


सर्बाधिक पढिएको

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ दिन पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ५ दिन पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ९ घण्टा पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’ १ हप्ता पहिले | संसार न्यूज़

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको…

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल

अपडेट : मानब अधिकारको संरक्षण गर्दै कानुनी कारबाही अगाडि बढाउछौं-एसपी दान बहादुर मल्ल ७ दिन पहिले | संसार न्यूज़

३० साउन, काठमाण्डौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दान बहादुर…