Sansar News

नेपालको संविधानमा के-के छन् त सिमान्तकृतको अधिकार ?

संसार न्यूज़
१ हप्ता पहिले
नेपालको संविधानमा  के-के छन् त सिमान्तकृतको अधिकार ?

३० साउन, काठमाण्डौं । नेपालको संविधानमा सीमान्तीकृत समुदायको हक अधिकारको यस्तो व्यवस्था रहेको छ ।

– राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि पारिएका, विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदायलाई सीमान्तीकृत समुदायको रुपमा परिभाषा गरिएको ।

– आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने ।

– सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका सीमान्तीकृत समुदाय लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्ने ।

– सामाजिक रूपले पछाडि परेका सीमान्तीकृत समुदाय समेतलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागी हुन पाउने सामाजिक न्यायको हक हुने ।

– उत्पीडित तथा पिछडिएको क्षेत्रका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण, विकास र आधारभूत आवश्यकता परिपूर्तिका अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्ने ।

– सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिंग, क्षेत्र र समुदायभित्रका आर्थिक रूपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने ।

-समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा समावेशी सिद्धान्तको आधारमा गर्ने ।

– सीमान्तीकृत समुदाय समेतको हक अधिकारको संरक्षण गर्न संवैधानिक आयोगको रुपमा राष्ट्रिय समावेशी आयोगको व्यवस्था ।

– नेपाली राजदूत र विशेष प्रतिनिधि समावेशी सिद्धान्तको आधारमा नियुक्ति गरिने ।

– संवैधानिक अंग र निकायका पदमा समावेशी सिद्धान्तको आधारमा नियुक्ति गरिने ।

सर्बाधिक पढिएको

नेपाली शिक्षक शिक्षा र यसको इतिहास

नेपाली शिक्षक शिक्षा र यसको इतिहास २ हप्ता पहिले | संसार न्यूज़

- नेपालमा आधुनिक शिक्षाको इतिहास डेढ शताब्दी पूर्वदेखि अघि बढेको…

कतारमा भएको सांघातिक हमलामा एक नेपाली मारिए, ५ घाइते

कतारमा भएको सांघातिक हमलामा एक नेपाली मारिए, ५ घाइते १ हप्ता पहिले | संसार न्यूज़

२९ साउन । मगलबार साँझ कतारको दोहास्थित जैदा पार्कमा नेपाली…

‘बुढा नेताहरुले युवाहरुको भ्यासेक्टोमी गरे’

‘बुढा नेताहरुले युवाहरुको भ्यासेक्टोमी गरे’ ३ हप्ता पहिले | संसार न्यूज़

लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुन्…

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई  ?

किन पक्राउ गरियो जहाज उडाउनै लागेका दुई अमेरिकी पाइलटलाई ? ३ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, काठमाण्डौं । जहाज उडाउनै लागेका अमेरिकी पाईलट स्कटल्याण्डमा…

नेपालको संविधानमा  के-के छन् त सिमान्तकृतको अधिकार ?

नेपालको संविधानमा के-के छन् त सिमान्तकृतको अधिकार ? १ हप्ता पहिले | संसार न्यूज़

३० साउन, काठमाण्डौं । नेपालको संविधानमा सीमान्तीकृत समुदायको हक अधिकारको…

एनआरएनए कुवेतको अध्यक्षमा सुजन केसी

एनआरएनए कुवेतको अध्यक्षमा सुजन केसी ३ हप्ता पहिले | संसार न्यूज़

४ अगस्त, कुवेत । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्…