Sansar News

जडीबुटीको उत्पादन वृद्धि गर्न ‘क्षेत्र’ निर्धारण

–भीष्मराज ओझा
१ हप्ता पहिले

३० साउन, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले जडीबुटीको उत्पादन वृद्धि र व्यावसायिकरणका लागि जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र निर्धारणको तयारी गरेको छ ।

मन्त्रालयले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा सो कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जनाएको छ । नेपालबाट कूल निर्यात हुने जडीबुटीको ५० प्रतिशतभन्दा बढी हिस्सा कर्णाली प्रदेश एक्लैले आगटेको छ ।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशका सबै जिल्लामा जडीबुटीअनुसार खेती हुने सम्भावित स्थानमा सुपरजोन, जोन, ब्लक र पकेट क्षेत्र निर्धारण शुरु गरिएको मन्त्रालयको वनस्पति विभागका उपमहानिर्देशक मोहनदेव जोशीले जानकारी दिए ।

“गत माघ १७ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गरिएको उक्त प्रस्ताव कार्यान्वयनका लागि मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु साढे सात करोड बजेट विनियोजन भएको छ । जसअनुसार अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानमा त्यस्ता क्षेत्र निर्धारण गर्न लागिएको हो”, उनले भने ।

जडीबुटीको उत्पादन, विकास र व्यवस्थापनका लागि खास क्षेत्र तोकी उत्पादन÷उत्पादकत्व वृद्धि, दिगो सङ्कलन र स्थानीय जनताको आयआर्जन वृद्धिसम्बन्धी एकीकृत कार्य गर्न सो प्रस्ताव तयार गरिएको हो ।

क्षेत्र निर्धारणपछि दुई महीनाभित्र किसानका समूह बनाई तालीम प्रदान गर्ने, बीउबिजन र आवश्यक औजार तथा सामग्री वितरण गर्ने र आर्थिक सहयोगसमेत गरिने उनले बताए । तयारीपछि शुरुमा करीब ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा जडीबुटी उत्पादन गरिनेछ ।

सरकारले महत्वपूर्ण जडीबुटीको व्यावसायिक खेती प्रोत्साहन गरी प्राकृतिक अवस्थामा रहेका जडीबुटीजन्य स्रोतको दोहनलाई कम गर्न तथा कृषि विविधीकरणमा टेवा पु¥याउने उद्देश्यले ‘जडीबुटी विकासका लागि अनुदानसम्बन्धी कार्यविधि, २०७५’ समेत जारी गरेको छ ।

सर्बाधिक पढिएको

नेतृ रामकुमारी झाक्रीले भनिन्–‘योगेश दाई भुंग्रोमा पर्नुभयो’

नेतृ रामकुमारी झाक्रीले भनिन्–‘योगेश दाई भुंग्रोमा पर्नुभयो’ ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य…

होटल तथा पर्यटन व्यवसायी संघमा सन्तोष अध्यक्ष, महासचिवमा दामोदर

होटल तथा पर्यटन व्यवसायी संघमा सन्तोष अध्यक्ष, महासचिवमा दामोदर ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल…

कक्षा १२ को नतिजा  आज, सार्वजनिक   यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा आज, सार्वजनिक यसरी हेर्न सकिन्छ ४ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाण्डौ । माध्यामिक शिक्षा उतिर्ण परिक्षा, कक्षा १२…

तेह्रौ ईक्यान बृहत शैक्षिक मेला आयोजना हुँदै

तेह्रौ ईक्यान बृहत शैक्षिक मेला आयोजना हुँदै १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाण्डौं । नेपाल शैक्षिक परामर्श (ECAN)   को…

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि

स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि २ हप्ता पहिले | संसार न्यूज़

२३ साउन, बनेपा । आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको…

कतारको कमाई मिमोसामार्फत् स्वदेशमा लगानी

कतारको कमाई मिमोसामार्फत् स्वदेशमा लगानी १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाण्डौं ।  बैदेशिक रोजगारीका लागि कतार पुगेका युवाहरुको…