Sansar News- Nepal's Fast Khabar Online News Portal

किन फितलो बन्दै छ नेपाल प्रहरीको अनुसन्धान ?

निर्भिक नारायण भुर्तेल
२ महिना पहिले
किन फितलो बन्दै छ नेपाल प्रहरीको अनुसन्धान ?

घटना-१
केही महिना अगाडी स्याङजाको भिरकोट नगरपालिका वडा नम्बर १ बयरघारीस्थित सिद्धार्थ राजमार्गको मुख्य सडक छेउमा एक जना अधवैशे पुरूष मृत फेला परे । घटनाको प्रकृति हर्दा हत्या गरिएको सजिलै अनुमान गर्न सकिन्थो ।


सोही क्रममा म पनि मेरो क्यामरा सहित त्यहा पुगेको थिए । मैले प्रहरीलाई नसोधि भिडियो खिच्न पनि सक्थे किन कि, त्यहा भिडियो खिच्न मनाई थिएन । तर, पनि मैले स्याङजाका डीएसपी नविन कृष्ण भण्डारी सरलाई फोन गरे र सोधे उहाँले आफुहरु अनुसन्धानमा भएको कारण भिडियो नखिच्नु आग्रह गर्नु भो । अनुसन्धानको विषय कति गम्भिर हुन्छ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । अर्को कुरा मैले प्रहरी, आर्मी र सेनालाई आत्मैदेखी सम्मान गर्छु । त्यसैले अनुसन्धानमा सहयोग गर्नु मेरो कर्तव्य थियो । मैले भिडियो खिचिन । पछि जिल्ला प्रहरी कार्यालयबाट मृतकको बारेमा सूचना र फोटो ईमेलमा आयो । त्यही आधारमा समाचार प्रसारण गरियो । चाहेको भए मैले सन्सनी पूर्ण भिडियो खिचेर समाचार बनाउन पनि सक्थे तर मैले नेपाल प्रहरीलाई अनुसन्धनमा सहयोग गर्ने पक्ष मुख्य ठाने ।

घटना-२

केही दिन अगाडी चितवनको एक होटलमा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडाशैनी झुण्डिएको अवस्थामा मित्र फेला परे । उनी झुण्डिएको फोटो र भिडियो हेर्दा पनि आत्महत्या नभई हत्या नै हो भन्न कोही पनि पछि परेनन् । देख्नेहरु सबैले हत्या नै हो भने । पुडाशैनीले आत्महत्या गरे या हत्या भन्ने विषयमा अनुसन्धानको विषय बन्यो ।

अनुसन्धानको क्रममा प्रह्रीले उनको मोबाईल भेट्यो र मोबाईलमा उनले मर्नु भन्दा अगाडी रेकर्ड गरेको भिडियो भेटेको जानकारी दियो । तर भिडियोमा भनेका कुरा भन्न नमिल्ने भन्दै अनुसन्धानपछि बताउने जानकारी समेत दियो । प्रहरीले थप अनुसन्धानको लागि मोबाईल काठमाण्डौ पठाएको सम्म जानकारी पाईयो । मोबाईल अनुसन्धनमा पठाएको ९–१० दिन भित्र नै पत्रकार पुडाशैनीले मर्नु भन्दा अघि रेकर्ड गरेको उक्त भिडियो बाहिरियो र अहिले युट्युव र सामाजिक संजालमा भाईरल भएको छ । भिडियोमा उनैले के भनेका छन त्यो मैले भन्नु नपर्ला तर, हामी पत्रकारहरुले अनुसन्धानलाई सहयोग गर्न आफ्नो क्यामरा बन्द गर्ने तर प्रहरी आफैले नियम पालना किन गरेन भन्ने मेरो प्रश्न हो ।

सर्वत्र चासोको रुपमा रहेका गम्भिर अनुसन्धानका विषय वस्तु किन प्रहरीले मिडिया अनुसन्धान पूरा नभई दिने गर्दछ ? यो नै गम्भिर विषय बनेको छ । हामीलाई थाहा छ विश्वमा यति छिटै अनुसन्धान बिना नै प्रहरीले कुनै पनि भिडियो सार्वजनिक गर्दैन । मिडायाले प्रहरीले के गर्दै छ भन्ने सुईको समेत पाउदैनन । तर अनुसन्धानको लागि प्रहरी आफैले लगेको पत्रकार पुडाशैनीको भिडियो कसरी बाहिरियो ?

हुनत, प्रहरिले चितवनमा पनि खुलेआम रुपमा झुण्डिएको फोटो भिडियो खिच्न दिएको थियो । यस्तो विश्वमा कमै ठाउँमा हुने गर्दछ । प्रहरीले मिडियालाई मात्र हैन हरेक नागरीकलाई हत्या गरिएका र हत्या भएका यस्ता भिडियो खिच्न किन यसरी खुलेआम रुपमा दिने गर्दछ । के प्रहरीको आफ्नै नियम छैन ? छ भने किन लागु गर्दैन ?

अहिले सार्वजनिक भएको भिडियो मात्र हैन यस्ता घटनाको हरेक भिडियो अहिले युट्युवमा हेर्न सकिन्छ । आखिर किन प्रहरी यति सहज बन्दै छ अपराधिक घटनमा । यही भिडियोका कारण अर्को दुर्घटना हुन सक्छ भन्ने ख्याल प्रहरीले किन गर्दैन ?

हो, हामी पत्रकार, मिडिया र आम नागरीकलाई सूचनाको हक पाउनु पर्ने व्यवस्था संविधानमा नै उल्लेख छ । तर कतिपय गोप्य सूचना र अनुसन्धानमा बाधा पुर्याउन नपाईने भनेर पनि त्यही लेखिएको छ । यता नेपाल प्रहरी भने आफुसँग भएका गोप्य अनुसन्धानका पक्षहरु भने भटाभट फेसबुक र मिडियामा सार्वजनिक गर्दछ । यसबाट थाहा हुन्छ हाम्रो शुरक्षा व्यवस्था कति कमजोर छ भनेर ।

आखिर किन फितलो बन्दै छ नेपाल प्रहरीको सुरक्षा व्यवस्था ? हरेक पक्षमा किन कमजोरी पन देखाउदै छ नेपाल प्रहरी । के नेपाल प्रहरीको सत्य सेवा सुरक्षणम यही हो ? धन्यबाद ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…