Sansar News- Nepal's Fast Khabar Online news portal

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

संसार न्यूज़
४ हप्ता पहिले
छुट्टाछुट्टै स्थानमा भएको  सवारी दुर्घटनामा  ३ जनाको मृत्यु

३० साउन , काठमाडौं । सप्तरी ,धनुषा र महोत्तरी को छुट्टाछुट्टै स्थानमा
भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सप्तरी,खड्क नगरपालिका– ४ करमिनिया चोकस्थित सडकमा जेएच १५जे ३२०३ नम्बरको बलेरो जिपर को.१ च ४२२८ नम्बरको मारुती भ्यान एकआपसमाबुधबार दिउँसो ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका र मारुती भ्यानमा सवारसोही ठाउँ का टेकमाया लिम्बुको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिप तथा भ्यानमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई फरार बलेरो जिपचालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी मिथिला नगरपालिका – ८ जमुनी वासस्थित सडकमा ज.३ प ८६२७ नम्बरको मोटरसाइकल ना.४ ख ७१८६ नम्बरको लहरी ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भईबुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार महोत्तरी गौशाला नगरपालिका ११ का ममता महतोको जानकीहेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ममताका पति राकेश महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, बलवा नगरपालिका– ३ स्थित सडकमा ज.४ प ६२९ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीसोही ठाउँका राज कुमार साहको जिल्ला अस्पतालबाट जनकपुर हुँदै न्यूरो अस्पताल बाँसबारीकाठमाडौंमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…