back

निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान

वि.सं.२०७६ साउन ३१ शुक्रवार

246 

shares
NTC AD
Global IME AD


३१ साउन, पाल्पा । वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ ।

परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले स्वास्थ्योपचारलाई मध्यनजर राख्दै चार जनाको परिवारलाई रु एक लाख बराबरको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको अध्यक्ष सन्तोष थापामगरले बताए।

“गाहाका तीन वर्षीय छोराले गाउँपालिकाभित्र जुन शैक्षिक संस्थामा अध्ययन गरे पनि स्नातक तहसम्म शैक्षिक खर्च गाउँपालिकाले व्यहोर्नेछ”, उनले भने। गाहाको वैदेशिक रोजगारको क्रममा गत साउन १५ गते ३५ वर्षको उमेरमा निधन भएको थियो ।

उनको शव साउन २३ गते नेपाल ल्याएर दाहसंस्कार गरिएको आफन्त रेमन सिङ्जालीले बताउनुभयो । लुलु कम्पनीमार्फत रोजगारीका लागि कतार पुगेको ४५ दिनमा मरुभूमिमा काम गर्ने क्रममा माथिबाट ढुङ्गा माटोसहितको ढिस्कोले पुरिएर निधन भएको थियो । (रासस)

वि.सं.२०७६ साउन ३१ शुक्रवार १३:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते...

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर...