Sansar News- Nepal's Fast Khabar Online news portal

यस्तो छ तपाईको आजको राशिफल

संसार न्यूज़
१ महिना पहिले
यस्तो छ तपाईको आजको राशिफल

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान ्। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । सामान्य काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । अरूको मुख ताक्नाले पछि परिनेछ र काम अधुरो रहनेछ ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सम्मान, सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । व्यापारमा मनग्य फाइदा हुने समय छ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सम्मान, सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ । व्यापारमा मनग्य फाइदा हुने समय छ ।

कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले अनावश्यक दुस्ख दिनेछन् । तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ ।

तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन् । मान्यजनको साथ जुट्नाले काम बन्नेछ । साझेदारीबाट लाभ उठाउन सकिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । हल्लाको पछि लाग्दा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ । प्रयत्न गर्दा काम बन्नेछ र दैनिकीमा सुधार आउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।

मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ । तर मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । मिहिनेतले आम्दानी बढाउनेछ र दिन उत्साहवर्द्धक रहनेछ ।

कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ । तापनि मिहिनेत गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।

मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ । तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…