Sansar News- Nepal's Fast Khabar Online news portal

कविता : आधुनिक युग

निरूविन्दु परियार
१ महिना पहिले
कविता : आधुनिक युग

एउटा युगले
आधुनिकताको
स्वार्थी वर्को गर्लम्म ओड्छ
औ,
शहरको ढोका खोलेर
निस्संकोच
गाऊँतिर उक्लिन्छ

शहरलाई धूलो-पिठो चपाएर
खुलुक्क निलीसकेपछि
ढ्याऊ डकार्छ
त्यसले गाऊँको आन्द्रा-भूँडी केलाएर
ढुकढुकी छाम्छ
निन्द्राहरू नाप्छ
अनि,
झ्याल भत्काएर गाऊँतिर पस्छ

सन्दुक फोरेर समाजको
एकै ठाऊँ पार्छ ’संस्कार र संस्कृति’
औ,
समयको धोक्रोमा टन्न भरेर
उपद्रवहरू मच्चाई राख्छ
हेर,
मुलखुट्टी हल्लाई राख्छ मानवताको
डेराहरू भत्काई राख्छ अनुशासनको

युवा-युवतीको भीड्मा
नशालु विषालु क्लोरोफर्म फैलाईराख्छ
अनि,
सुँईकुच्चा ठोक्छ
मानव चेतनाको घोंडामा चडेर

हेर,
यो निर्दयी आधुनिकताको
मोहनी जालमा फँसेर
मान्छेले
स्वाङ्गहरू रच्छ
आफ्नोपनहरू झट्याईराख्छ

कस्तो आधुनिकता…!
घोर आधुनिकता…।

ठेगाना-जल्ढक्का कालिम्पोङ्ग भारत

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…