Sansar News- Nepal's Fast Khabar Online news portal

कविता : स क संवाद

टि एन विश्वामित्र
१ महिना पहिले
कविता : स क संवाद

स :
ए ! ती शब्दहरुलाई कैद गर
ती वाक्यहरुलाइ गिरफ्तार गर
वर्ण सँवर्णहरूलाइ लाठिचार्ज गर
यीनीहरू सत्यलाइ सत्यमात्र देख्छन्
सेतोलाई कालो देख्दैनन्
गफलाई दर्शन मान्दैनन्
सिंहदरवारको परिक्रमा गर्दैनन्
धनुष्टंकार भएर ढोग्दैनन्
अनि जिस्काइ रहन्छन् अमर सत्ता
ठोक तिनीहरूलाइ ठोक
कोच तिनीहरुलाइ कोच ।

क :
जो स्वयम् राम बनाउन सक्छ
सिता वनाउन सक्छ
बनाएर सत्यको अस्वमेघ
संसार थर्काउन सक्छ,
असत्यको लंका जलाउन सक्छ
जो कृष्ण बनाउन सक्छ
अर्जुन बनाउन सक्छ
नजन्मिदै विज्ञान
टेस्ट्युव बेबी बनाउन सक्छ
रामायण, महाभारत बनाउन सक्छ
ऊ स्वयम् बाल्मिकि हो
ऊ स्वयम् व्यास हो
मतलव उ कवि हो
उसले संसार बनाउन सक्छ
जो संसार बनाउछ
तिमी उसलाई के जेल बनाउछौ
जब शब्दहरू जेल पुग्छन
त्यही बन्छ पुस्तकालय
अनि गाइन्छ स्वतन्त्रताको गीत ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…