Sansar News- Nepal's Fast Khabar Online news portal

कविता : कविताको सामर्थ्य

भुवन सिवाकोटी ‘चौघरे’
४ हप्ता पहिले
कविता : कविताको सामर्थ्य

कवि हिंसा गर्दैन
भ्रष्ट हुँदैन
भ्रष्ट हुन सक्दै सक्दैन
साधवी जीवन
समाज डोर्याउने उसको आदर्श बिचार हो

सत्य हो
त्यसैले कवि स्वयं हिंस्रक हुन सक्दैन

सुनसान ठाँउमा
विभत्स ठाउँमा
सभा, आमसभा र मन्दिरहरूमा
कोलाहल थामिएर निदाएका मैदानहरूमा
जब कवि प्रसव व्यथाले आहत हुन्छ
अक्षरहरू
उम्रन्छन र बोल्न सुरु गर्छन

जाग्रित भएर आँउछ जनबिद्रोह
कुम्भकर्णहरूमा
दुस्शासनहरूमा
र चढछ चेतनाको सुनामी पहाडहरूमा
फाँटहरूमा
खोंचहरूमा

सत्य हो यस अर्थमा
कविको कविता हिंस्रक हुन्छ
अग्रगमनको परिवर्तनमुखी भएर
हिंसा गर्छ
तर निरपराधको हैन
शान्तिको हैन
अमन चयनको हैन

हो बारुद कोरेर
बारूद पड्काएर अक्षर लेख्ने हातहरुले
न आगो सल्काउछन
न हतियार उठाउछन्
न विभत्स हिंसा गर्छन
तर
मानव मन मस्तिष्कको कुना कुनामा
हृदयको कुना कुनामा
शान्तिले आत्मचेतनको आगो सल्काउछन्
धुवाँ हुन्न
तर छाती पोलेपछि आनन्द हुन्न
त्यसपछि
उनीहरू मैदानमा आउँछन आउँछन्

यस अर्थमा कविता बारूद हो
कविता हिंस्रक हुन्छ
कविताले चिथोर्छ
कविताले पोल्छ
छटपटि गराउँछ असह्य पीडा दिएर

जसरी मांशहारी जन्तुहरू
अरूलाई प्राणीलाई पीडा दिएर
दाह्रा र नंग्राले चिथोरि चिथोरि सिकार गर्छन
अर्थात् हिंसा गरेर
एक छाक भोक मेटाउछन्
कविहरू त्यसरी नै छाक मेटाउन
शारीरिक हिंसा गरेर विजय खोज्दैनन्
भोकाहरूको पेट भर्न अक्षरहरूले लडाईं गर्छन्
विनारक्तपात
दीर्धकालीन समाज परिवर्तनको दियो जलाँउछन्

हो कविको कविता
युद्द मैदानको त्यस्तो हतियार हो
जहाँ
जो जो अक्षरको डँडेलो र हुरीमा पर्छन
लडेपछि
फेरि ठाडो शिर उठन सक्दैनन्
यसर्थ
ए हिंस्रक हिंसाका मतियारहरू हो
कलम र बिचार नै काफि छ
के अग्रगामी परिवर्तन गर्न मान्छे मार्नु नै पर्छ र !

२०७६ श्रावण २६, काठमाडौ

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…