यति विघ्न पनि नगर्नुस् विघ्न,
भएर छिन्नभिन्न,
आफ्नो पुच्छर निल्दै जाओस् अजिंगर,
फेरि मलाई चबाउदै जाउ तिमी यसप्रकार,
आफ्नो फिने चोरिएको थाहा छैन्,
गनिराख गहुँका गेडा,
ओ लेँडा,
हुनत होला केरे,
जस्तै पहाडमा पनि छिचोल्न गल्छेंडा ।
नभएको वापती लाइए पश्चात्,
बारीको बारी हलो बिसर्जन गरेर,
बापतीहरु हान्निएका थिए चुरे–भावर,
अचेल त जसो पनि सहन्छन्
तिनै जोगी कालान्तरमा,
वाद, अपवाद र विवादको अण्डा बाड्दै आए,
कोरल्न भने र
आफू उडे।
नैतिकता बिटालिएपछि,
जनै र टुप्पी देउरालीमा चढाएर,
समाज बिथोलिने डरले,
हजुरबाहरु पहिला–पहिला,
भासिन्थे प्रदेश,
स्वतन्त्रताका नाममा अचेल,
हलो गाडेपछि पलाउने बिश्वास गर्छन्,
जति छाट्यो खोलाखाल्सीले,
उति पो चम्किलो बालुवा बन्ने भन्छन्
यति बिघ्न,
समाजवाद,
लोकोपवाद ।
ठेगाना-मालारानी-६ अर्घाखाँची
वि.सं.२०७६ साउन ३२ शनिवार ०९:१२ मा प्रकाशित