Sansar News- Nepal's Fast Khabar Online News Portal

कविता :म हूँ एक सलाइको काँटी

सरस्वती श्रेष्ठ ‘सरू’,पोखरा-१३
५ महिना पहिले
कविता :म हूँ एक सलाइको काँटी

म हूँ एक सलाइको काँटी
जो बट्टाभित्र बन्द गराइन्छु
फ्याँकिन्छु घरको कुनातिर
फ्याँकिन्छु अँध्यारो तखतातिर
निकालिन्छु कसैको आवश्यकता भएपछि
कोरिन्छु बट्टा बाहिर पोतिएको कालो भित्तामा
र सल्किन्छु ह्वार्र
काम पूर्ण हुन्छ कसैको र निभाइन्छु ,फ्याकिन्छु रछ्यानमा
ऊ तृप्तिमा अट्टहास गुन्जाइरहन्छ
म भित्र दनदनी आगो सल्किरहन्छ आक्रोसको
म भित्र दनदनी राँको जलिरहन्छ आहतको
म निभेर पनि जलिरहन्छु भित्रभित्र
मलाई दुर्बल नसम्झ
मलाई निरीह नसम्झ
कसैले चाहेर
मन लाग्दी कोर्दै जलाउँदै, मिल्काउँदै
खुट्टाले कुल्चँदै मेटाउन सक्दैनौ मेरो अस्तित्व
म त्यही पाइताला सल्काउँदै उठ्नेछु ज्वालामूखी र
डडाउनेछु सबैभन्दा पहिले
उसकै पहाड जस्तो शरीर
डडाउनेछु उसकै सानो लङ्का
मलाई कैद नबनाउ कसैले आफ्नो गोजिको साम्राज्यभित्र
जसरी जलाउँछ उ मेरो नाङ्गो शरीर
उसरी नै जलाउन चाहन्छु म उसको अहम पुरुषत्व
म हूँ एक सलाइको काँटी ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ महिना पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ५ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ५ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ८ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…

International airport to remain closed for half an hour

International airport to remain closed for half an hour ३ वर्ष पहिले | संसार न्यूज़

23 june, Kathmandu- The Tribhuvan international Airport (TIA) would remain…