Sansar News- Nepal's Fast Khabar Online news portal

कविता : आत्म संदेश

राम प्रसाद घिमिरे
४ हप्ता पहिले
कविता : आत्म संदेश

झर्को मान्छ स्वयम् तिखो स्वर हुँदा तित्रो तथा कागले,
हुन्छन् पीडित धेरै मानिस यता सम्पत्तिका भारले ।
छैनन् शान्ति कमाइ दौलत बढी सन्तोष टाढा भए,
मिल्छन् त्याग गरेर शान्ति मनमा आत्मीयता भै रहे ।

को छन् दौलत साथ अन्तिम घडी यात्रा हुने चाहले,
किन्ने हिम्मत हुन्छ कोसँग यहाँ अर्को जुनी साखले ।
फोस्रोमा मनुवा घमण्ड पथमा दौडिरहेको किन ?
ज्यादा साख थुपारी भित्र मनमा शान्तित्व ता देखिन ।।

हुन्छन् शान्त मनुष्य आत्मबलले सत्कर्र्म गर्दै रहे,
हुन्छन् प्राप्त मुमुक्षु मर्ग मनमा सत्चेतना फैलिए ।
लाखौँ होइन त्यो करोड जनमा छन् एक त्यस्ता पनि,
देख्छन् सर्वसमान प्राण सबमा बाँच्छन् विरागी बनी ।

ठेगाना-प्युटार ललितपुर

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…