Sansar News- Nepal's Fast Khabar Online news portal

कविता : सपना

स्वर्णिम गुरुङ, कालिम्पोंग भारत
४ हप्ता पहिले
कविता : सपना

फूलका तरेलीमा अल्झिएका
शीतका थोपा सरह
आँखाका परेलीमा अल्झिने
मेरा सपनाहरू ..
घाम पर्दा सुकिजाने
शीत सरह
यथार्थका रापले
खङग्रङै सुक्न सक्ने
मेरा सपनाहरू…
कति ढिट..
क्षणिक भए नी
एउटा सिगों जीवन
बाँच्न खोज्छ
म भित्र ।
एकान्तका क्षणहरूमा
थाहै नपाई
सुटुक्क ..
आँखा भित्र पसेर
यी सपनाहरू..
कल्पनाका पंख लगाई
रहरहरू सित
हातेमालो गर्दै उड्छन
मनका विशाल आकाशमा
निर्धक्क ..
निर्भिक्क.
क्षितिज पारी
बादलुको देशमा
उड्छन..
रमाउछन..
एउटा सिंगो जीवन
जीउछन
यथार्थ देखि टाढा ..
एउटा भिन्नै रमाइलो संसारमा ।
कहिले नथाक्ने
कहिले बूढो नहुने
मेरा सपनाहरू..
बर्षौं बर्ष देखि
यसरी नै क्षणिक
तर..
एउटा सिंगो जीवन बाँच्छ
म भित्र ।
न विचलित बन्छ
न हताश बन्छ
बस..
यसरी नै बुर्कुसी मार्दै
रमाउदै..
यथार्थलाई गिज्याउदै
जिस्काउदै..
बाँचीरहन्छ ।
निरन्तर ..
म भित्र
मेरा सपनाहरू ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…