back

लघुकथा-तुहिएकी आइमाई

वि.सं.२०७६ साउन ३२ शनिवार

276 

shares
NTC AD
Global IME AD

बुवाको आँखाको नानी बिहेपछि कस्तो अनौठो भो जिन्दगानी । बिबाह गर्ने मन नहुँदा नहुँदै पनि देश, काल परिस्थिति अनि देशमा माओवादीको चर्को आन्दोलन कतिबेला को कहाँ के हुने पत्तो थिएन ।

घरकी जेठी छोरी, बुवा समाजको जल्दाबल्दा ब्यक्तित्व । त्यसमा पनि वहाँको विरोधीहरुले गरेको कुराकानीले सानैदेखि धेरै आतंकित थियोे यो मन । बुवाको सपना छोरीलाई पढ्ने रहर पूरा गरिदिने अनि सच्चा इमान्दार शिक्षित व्यक्ति खोजेर बिहे गरिदिने थियो । त्यहि सपना पूरा गर्न बाबाले आफ्नो नजरमा ठिक लागेको केटासँग मेरो बिहे गरिदिने सोच बनाउनु भएको थियो । बुवाले भन्नु भयो–‘मेरो लागि ठिक छ, तिमीले जीवन विताउने हो, कुरा गर, तिम्रो निर्णय जे हुन्छ, म त्यसैमा राजी’ भनेर आफ्नो कुरा राख्नु भयो ।

सबैभन्दा ठूलो कुरा जुवातास, जाँडरक्सी र चुरोटको अम्मल नभएको मान्छे जो मैले चाहन्थे, उ त्यस्तै थियो । उसमा कुनै खोट थिएन । बरु उमेर चाहि केही तल माथि थियो । त्यो पनि मामाघरकी हजुर आमाले बाल्य अवस्थामा भन्नुहुन्थ्यो– ‘राति कपाल नकोर है नानी, बुढो पोइ पाउलिस् । फेरि भन्नुहुन्थ्यो–आ–जवानले भन्दा बुढोले नै माया गर्छन् ख्याल गर्छन् जेसुकै होस् ।’ पनि भन्नुहुन्थ्यो । सायद यही परिणाम पनि होला मैले बिवाहको लागि राजि भएँ ।

बिवाहपछि पढाइ पनि सँगसँगै अघि लैजाने र एउटा राम्रो कलाकार बनेर निस्वार्थ समाज सेवा गर्ने आदि–इत्यादि मन यहि सोचिरहन्थ्यो । म सानैदेखि प्राय ः अरुकै सेवामै रमाउन चाहान्थे । अरुको दुःख पीडामा मल्हम लगाउने दयालु मानिस बन्ने चाहान्थे । त्यहि चाहना श्रीमानसँग गएपछि पनि पूरा गर्न सक्छु भन्नेमा ढुक्क थिए । अनि उनको साथ पनि पाउछु भन्नेमा ।
सामाजिक संस्कार अनुसार मेरो बिवाह धुमधामसँग भयो । मेरो पढाइ अनि घर ब्यवहार मिलाउँदै बिस्तारै कछुवाको गतिमा अघि बढदै थिएँ । सुस्त–सुस्त सानो परिवार आ–आफनो जिम्मेवारी निभाएर लप्पन–छप्पन नजानेकी पहाड, पखेरुमा रमाउँदै खुल्ला अनि स्वतन्त्र आकाशमा उडेकी म, वास्तवमै श्रीमानको घर मेरा लागि बन्धन जस्तो भयो । मेरा सपनाहरुको त्यहा हत्या हुन थालेको भान हुन्थ्यो मनमा ।

धेरै दुःख कष्ट सहन बाध्य भएँ । वहाँ सधैं व्यस्त । तर पनि नयाँ मान्छेसँग धेरै कुरा गर्न पनि डर लाग्ने । वहाँ पति कम अभिभावकज्यादा हुनुहुन्थ्यो मेरा लागि । सधै पढ–पढ भन्नुहुन्थ्यो । तर, घरको कामले थाकेकी र अशान्त मन । सबैको अँध्यारो अनुहारमा खुशी ल्याउने प्रयासमा मैले मेरा सबै सपना विस्तारै बिर्सन बाध्य भएकी थिएँ । यो समाजको साँघुरो सोच ब्यवहारदेखि अचम्मित थिएँ म । नजिकैको मेरो गाउँ र यहाँको मान्छेको कति आकास पाताल जस्तो फरक सोच देखेर मैले ठूलो परिवर्तन त यही समाजबाट सुरुवात गर्नुपर्ने रहेछ भन्ने सोच्थे ।

मेरो गाउँ जहाँ मेरो वुबाले छोराछोरीमा कहिले पक्षपात गर्नु भएन । झन् छोरीलाई अझै बढी शिक्षित बनाउनु पर्छ जस्ले गर्दा उसले जीवनमा जुनसुकै स्थानमा पुगे पनि कसैसँग केही आस र भर पर्नु पर्दैन भन्ने शिक्षा दिनुहुन्थ्यो । ममा धेरै साहस र आँट भरिदिनुहुन्थ्यो । हो, मेरो वुवाको महानता म भाइ र बहिनीबीच कहिले पक्षपात गर्नु भएन । अब यो गाउँ र यही घरबाट मैले आन्दोलन सुरुवात गर्नुपर्ने भो जहाँ छोरा र छोराीमा भिन्नता देखाइने रहेछ ।


खुला आकासको पंक्षीसरि स्वतन्त्र उडेकी मान्छे, मलाई सारै अनौठो लाग्यो यति नजिकैको गाउँ र ठाउँमा त यत्रो ठूलो भिन्नता छ भने बिकट ठाउँको हालत कस्तो होला ?

यस्तैमा मेरो बिबाह भएको २ वर्षपछि मेरो गर्भपतन भयो । यसबीचमा मलाई अनेकौं सवाल–जवाफ हुन्थे तर मेरो मेडिकलको जागिर घरको काम पढाइ आदिले म ब्यस्त पनि थिएँ । त्यो रात मेरो जीवनको सायद अन्तिम रात हो झैं लागेको थियोे । खोला बगेसरि रगतको खोला त्यसमाथि पनि उकालो उक्लिएर गाडी चढ्न जानुपर्ने । बिहान ५ बजे अस्पतालमा पुग्दा सम्म होस छ, त्यसपछि साँझ होस् आउँदा सबैका आँखा ओसिलै थिए । विशेष गरि मेरी आमा अनि फूपू बुवा म रिंगटाले हिड्न र उभिन त परैको कुरा राम्रोसँग मान्छे नि ठम्याउन नसक्ने भएकि रहिछु ।

अस्पतालबाट घर आएँ मनभरि पीडा बोकेर सानो छँदा कहिलेकाही टेलिभिजनमा हेरेको फिल्म र त्यस्मा भएको यस्तो घटना अनि बुढाको दोस्रो विवाह यस्तो मानसिक तनावले सताउन थाल्यो ।

फेरि आफैं सम्हालिँदै म बिस्तारै फेरि काममा जान थाले । तर मलाई केही अनौठो मान्छेहरुको ब्यवहारले कस्तो कस्तो लाग्न थाल्यो कि यो मेरो भ्रम हो । तर बिस्तारै यो वास्तविक हुन थाल्यो कि मलाई त मान्छेहरुले तुहिएकी आइमाई यसलाई छुन र हिड्दा अनुहार देखे नि अगति पर्छ र बच्चा छोए बिरामी हुन्छन् रे उस्तै परे मर्न बेर लगाउदैनन् रे । मेरो आगमनमा बच्चा बोकेका आइमाइहरु पर हटेर हिड्न थाल्थे । त्यसपछि त म आफैं समझदार भएर वा पन्छिएर हिड्न थालें ।

त्यतिबेला महिलाहरुबाटै तिरस्कृत हुनुपर्दा समाजमा परिवर्तन ल्याउनका लागि समय लाग्दो रहेछ भन्ने लाग्यो । अनि म मात्र नभएर अरु महिलाहरुमा पनि चेत आउनु पर्दोरहेछ । महिलाहरुले नै महिलामाथि भेदभाव गर्ने चलनको अन्त्य नहुँदासम्म कुनैपनि महिलाको उत्थान हुन नसक्ने महसुस गर्दै एकदिन सबैलाई ‘हामी एक हौं’ र एक महिलाले नै अर्की महिलाको पीडा बुझ्नुपर्छ र सुखदुःखमा साथ दिनुपर्छ भन्ने विचार संप्रेषणमा लाग्नेछु भन्ने अठोटका साथ दिनहरु विताउन थाले ।

वि.सं.२०७६ साउन ३२ शनिवार ०९:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...