Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

विष्णुप्रसाद आचार्य “अतृप्त“
५ महिना पहिले
गजल

बहार अथवा प्रहार जे पनि आउन सक्छ
तयार हुनू,समाचार जे पनि आउन सक्छ

भर्खरै छुटेको छ,सङघीयताको गोरुगाडा
सुनसान वा गुलजार जे पनि आउन सक्छ

लेख्न त रगतकै मसीले लेखेको छु प्रेमपत्र
स्विकार वा छेकबार जे पनि आउन सक्छ

आफ्नै सपनाको हत्या गरेको हुँ तथापि
छानवीन वा केरकार जे पनि आउन सक्छ

लाज पचाइ मागिन्छ ! दिनेलाई पो कर छैन
सद्दे अथवा फेरफार जे पनि आउन सक्छ ।

तारकेश्वर-२, काठमाण्डौ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…