Sansar News- Nepal's Fast Khabar Online news portal

पूर्वमाओवादीको ‘सघन आत्महत्या’ कि ‘महान समर्पण’

नीलकण्ठ तिवारी
४ हप्ता पहिले
पूर्वमाओवादीको ‘सघन आत्महत्या’ कि ‘महान समर्पण’

हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा माकर््सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरहयो । अन्तीमा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिए । आज शनिबार बिहानका प्रमुख अखबारले नेकपामा ‘गाँठो फुक्यो’ भनेर प्रमुखताका साथ समाचार छापेका छन् । फेसबुक लगायत सामाजिक संजालमा कुनै बेलाको फोटो खोजेर वा एल्बमबाट झिकेर बधाई दिनेको लर्को लागिरहेको छ । बधाई तथा शुभकामनाको लर्कोले पुरै भित्तो कब्जा गरिरहेको भान हुन्छ । तर यस्तैमा केही थोरै र पातलौ उपस्थितिमा कडा र चोटिला प्रहारहरु पनि भित्तामा देखिएका छन् ।

वर्गसंघर्ष, विचारधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक श्रृंखलाहरु पार गर्दै आएका नेपाल कम्युनिष्ट पार्टीका प्रमुख दुई घटक नेकपा (एमाले) र (माओवादी केन्द्र) ले नेपाली समाज रुपान्तरणको अनिवार्य अभिभारा आत्मसाथ गर्दै २०७४ असोज १६ गते ६ बुँदे सहमतिमार्फत् एकता प्रक्रियाको औपचारिक शुरुवाती गरेका थिए । प्रतिनिधिसभाको निर्वाचनका बेला ‘सूर्य’ चिन्हबाटै निर्वाचन लडेका नैकपा समर्थित अधिकांश उम्मेदवारहरुले चुनाव जितेपछि पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनाइएको थियो ।

एउटा अध्यक्षको अडान र अर्को अध्यक्षको मौन सहमतिबाट सृजित अकर्मन्यतालाई धक्का दिने गरी पार्टीको सचिवालय सदस्य कामरेडहरुबाट खासै कसरत हुन सकेन अर्थात ‘व्यक्ति डिल गरेर –आफू चल्ने’ उपभोक्तावादको रुपान्तरणमा संस्थागत प्रयास हुनै सकेन । विधि, नीति र पद्धति बनाएर पार्टी र आन्दोलनको भविष्य उज्जवल बनाउने ठोस प्रस्ताव मूर्त रुपमा अन्य नेताहरुबाट पनि राखेको देखिएन ।

नेकपाको एकता प्रक्रिया, निर्वाचन परिणाम र सकार गठनका लागि भएको आन्तरिक सहमतिसँगै नेताहरुवीच भएका गोप्य सहमतिको शुरुदेखि नै आशंका भएपनि ‘दुइ नेता मिलेर समाजवादको रथ हाँक्ने’ ‘विश्वमै नयाँ अभ्यास’ लगायतका विभिन्न शब्दावलीमा नेकपाको पूरै पंक्ति एउटा विस्वास र भरोसाका साथ अघि बढेको थियो । यद्यपी नेतृत्वका विच भएका समझदारी र सहमति दुई जनाको कोशेलीका रुपमा नलिई सबैलाई पु¥याउने प्रसादका रुपमा नमागीएको पनि होइन । शक्तिसाली नेताहरुले भनेपछि विशाल ढुंगो पनि तुरुन्तै पग्लिन सक्छ भन्ने मान्यतामा रहन बाध्य प्रवृत्तिले समाजवादका कमाण्डरहरुसँग प्रश्न गर्ने साहस दिएन । रथ दुई जनाले चलाउने भनेपनि हल्ड्याङ हुल्डुङ गर्दै केपी कामरेडले स्टेयरिङ्गमा छुन नदिएको अनुभूति हुन थालेपछि क. प्रचण्डमा केही झस्का आएको देखिएकै हो ।

दुई अध्यक्ष मध्ये एकले पार्टी चलाउने र अर्कोले सरकार चलाउने गर्दा परीणाम र प्रभावले सार्थकता पाउने आम सुझाव उतिबेलादेखि नै नदिइएको होइन, तर यस्तो हुन सकेन । नेपाली राष्ट्रियताको नायकका रुपमा कामरेड केपी ओलीलाई पार्टी पंक्तिले ‘पार्टी र सरकार दुवै चलाउने’ कुशल ड्राइभरका रुपमा स्विकारेर आएको पनि हो । पार्टी मर्यादाक्रम पहिलो हुने गरी कामरेड केपी ओलीले प्रधानमन्त्रीको अलावा पार्टीको कार्यकारी अधिकार पनि प्रयोग गरेरै आउनु भयो । तर कामरेड केपी पनि व्यक्ति नै हो, उहाँ पनि विधिमा बाँधिनु पर्छ भनेर नत प्रचण्डले भन्ने आँट नै गर्नुभयो नत माधव नैपाल लगायतका प्रमुख नेताहरुले दहरोसँग कुरा राख्न नै सक्नु भयो । यसले गर्दा प्रबृतिमा देखिएको शक्तिमोह र हठ प्रदेश इन्चार्जसम्म संप्रेषित भयो ।

मुख्यमन्त्री रहेका कामरेडहरुलाई पार्टीको समेत प्रदेश इन्चार्ज दिन बाध्य छु भन्दै अध्यक्ष कमरेडले नै अड्डि लिनु भएको यहाँ स्मरणिय छ । एक व्यक्तिलाई एक भन्दा बढि कार्यकारी जिम्मेवारी र अधिकार दिँदा परीणाम र प्रभाव राम्रो नहुने अनुभव मात्र होइन, त्यसका कारण उत्पन्न हुने अन्य नेतृत्व र आंकाक्षीमाथिको अन्यायलाई ख्याल गर्ने काम हुन सकेन । बिधि बनाएजस्तो गर्ने र भत्काइपनि हाल्ने काम यसबिचमा भएकै हुन । यसैक्रममा मन्त्रीलाई पनि जिल्ला इन्चार्ज र संघीय सांसदलाई पनि जिल्ला पार्टी अध्यक्ष दिइने काम गरियो भनै एकताकोे बिशिष्टता भन्दै धैरै सिनीयरलाई पनि निकै जुनियरको कार्यकर्ता बन्नुप¥र्यो । एउटा अध्यक्षको अडान र अर्को अध्यक्षको मौन सहमतिबाट सृजित अकर्मन्यतालाई धक्का दिने गरी पार्टीको सचिवालय सदस्य कामरेडहरुबाट खासै कसरत हुन सकेन अर्थात ‘व्यक्ति डिल गरेर –आफू चल्ने’ उपभोक्तावादको रुपान्तरणमा संस्थागत प्रयास हुनै सकेन । विधि, नीति र पद्धति बनाएर पार्टी र आन्दोलनको भविष्य उज्जवल बनाउने ठोस प्रस्ताव मूर्त रुपमा अन्य नेताहरुबाट पनि राखेको देखिएन ।

पार्टी र आन्दोलनको व्यवस्थित सफ्टवेयर बनाउन भन्दा गुट–उपगुट र नातावाद कृपावादको पुरानै रोगमा ढलिमलि मात्र भयो । खास नयाँपन देखिएन । नेताहरुवीचको स्वार्थका कारण कार्यविभाजनमा ठोस विधि र सामाजिक न्याय देखा पर्न सकेन । साउन ३२ गते शुक्रबारको सचिवालयको बैठकले ३२ वटा विभागको प्रमुख र उपप्रमुखको कार्यविभाजन गर्दा पनि कुनै मापदण्ड प्रष्टिएको छैन ।

कामरेड केपी पनि व्यक्ति नै हो, उहाँ पनि विधिमा बाँधिनु पर्छ भनेर नत प्रचण्डले भन्ने आँट नै गर्नुभयो नत माधव नैपाल लगायतका प्रमुख नेताहरुले दहरोसँग कुरा राख्न नै सक्नु भयो । यसले गर्दा प्रबृतिमा देखिएको शक्तिमोह र हठ प्रदेश इन्चार्जसम्म संप्रेषित भयो ।

वरिष्ठ नेता माधब नेपाल प्रमुख बनाइएको विदेश विभागमा केन्द्रीय सदस्य राम कार्की उपप्रमुख, झलनाथ खनाल प्रमुख बनाइएको नीति तथा अनुसन्धान विभागमा रामचन्द्र झा उपप्रमुख, बामदेव गौतम प्रमुख रहेको संगठन विभागमा जर्नादन शर्मा उपप्रमुख, ईश्वर पोखरेल प्रमुख रहेको स्कूल विभागमा देवेन्द्र पौडेल उपप्रमुख, राम बहादुर थापा प्रमुख रहेको राजकीय मामिला तथा शुसासन विभागमा गुरु वराल उपप्रमुख तथा नारायणकाजी श्रेष्ठ प्रमुख रहेको प्रकाशन तथा प्रचार विभागमा सुर्य थापा उपप्रमुख बनाइएका छन् ।

शुक्रवारको निर्णयबाट स्थायी समिति सदस्य सुवास नेम्वाङ र देव गुरुङ संघीय संसदीय विभागका प्रमुख र उपप्रमुख बनेका छन् । सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याल तथा बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापालाई आ–आफ्नो विभाग दिइएको छैन भने मन्त्री विना मगर, मंन्त्री लालबाबु पण्डित लगायतका धैरै मन्त्रीलाई उनीहरुकै विभाग दिइएको छ । आफ्नो विभाग खोसिने मन्त्रीहरुमा पद्मा अर्याल र थममाया थापा प्रष्टै परेका छन् । नेता नारायण शर्मालाई पुस्तकालय तथा अभिलेख रेर्कड विभागको प्रमुख दिइएको छ । सचिवालयस्तरबाट कुन–कुन विभाग, स्थायीसमिति स्तरबाट र कुनकुन विभाग र केन्द्रीय सदस्य स्तरबाट कुन कुन बिभागको नेतृत्व गराउने बिषयमा विधि नबनाईकनै नेताहरुको मनमौजीमा विभागीय जिम्मेवारी बनाइएको प्रष्टै देखिएको छ ।

कार्यकारी अधिकार सहितको १ नम्बर अध्यक्ष र प्रधानमन्त्री समेत पाएको पूर्व एमाले पृष्ठभूमिबाट ९ सदस्यीय सचिवालयमा ६ जना राखेको र पूर्वमाओवादी ३ सदस्यमा मात्र लतारिएको पृष्ठभूमिमा उपाध्यक्ष पद पनि पूर्वएमालेले नै पाउन सफल भएको समाचार सार्वजनिक भएकौ छ । ४५ जनाको स्थायी समितिमा २५ र २० भागवण्डा भएपनि र ३२ विभागमा १८ र १४ गरिएपनि विदेश विभाग, संगठन विभाग, स्कुल विभाग र अर्थ विभागजस्ता महत्वपूर्ण विभागहरु पूर्वमाओवादीलाई दिइएन । ३२ बिभागमध्ये २ प्रमुख र ४ उपप्रमुख अनि ७ प्रदेशका १४ सहइन्चार्जमध्ये १ मात्र महिला राखिएकौ टिप्पणी पनि आएको छ ।

पार्टी एकताको भावनात्मक पक्ष ख्याल गर्ने संस्कृति विकास गरिएको भए, दुई स्कुलको संवेदनशीलता बुझिएको भए, समाजवाद उन्मुख ‘जनताको जनवाद’ लाई मलिलो, रसिलो, भरीलो र गर्विलो बनाउन नेकपाको सबै पंक्तिमा चिन्ता हुनुपर्दथ्यो । तर, यस्तो देखिदैंन ।

एक व्यक्तिलाई एक भन्दा बढि कार्यकारी जिम्मेवारी र अधिकार दिँदा परीणाम र प्रभाव राम्रो नहुने अनुभव मात्र होइन, त्यसका कारण उत्पन्न हुने अन्य नेतृत्व र आंकाक्षीमाथिको अन्यायलाई ख्याल गर्ने काम हुन सकेन ।

संसारै थर्काउने जनयुद्धको नेतृत्व गरेका कामरेड प्रचण्ड र पूर्वमाओवादीको टिम नैकपाभित्र जुनढंगले चलिरहेको छ त्यसप्रति प्रश्नहरु उठाइएका छन । परिवर्तनको लागि लडेकौ र जनयूद्धको राजनैतिक औचित्यतालाई समातिरहेको ठूलो पंक्ति त्यसबाट निराश र असन्तुष्ट मात्र भनेर नैतृत्वले नबुझ्दा हुन्छ । लेनिन विष्टहरुको उपयोगमा ‘प्रचण्डलाई हेग !’ भनेर तर्साउने र जनयूद्धको राजनैतिक स्वाभिमानलाई घेराबन्दी पार्ने षडयन्त्र अनुसार नै पछिल्लो परीणाम देखापर्दै आएको छ । आशय यो होइन की, कामरेड वामदेव उपाध्यक्ष बन्नै हुँदैन वा कामरेड इश्वर पोखरेल स्कुल विभागमा आउनै हुँदैनथ्यो तर सचिवालयको बनोटदेखि प्रमुख र महत्वपूर्ण विभागहरुको कार्यविभाजनमा जुन हरकत र अस्वभाविकता देखा पर्यो, त्यसले पार्टीभित्रको क्रान्तिकारी पंक्तिलाई जुरुक्क पार्नैगरी झस्काएको छ । क्रान्तिकारीहरुलाई क्रमशः पाखा लगाउने जुन प्रयास गरिएको छ त्यसका सम्बन्धमा भित्रैका कैहि पश्चगामीहरुको भूमिकामाथि पनि आक्रोश शुरुवात भएको छ । नेताहरुले व्यक्ति सुरक्षा मात्र गर्ने की क्रान्तिकारी पंक्ति सुदृढ गर्दै आन्दोलनको निष्ठा बचाउने ? यो प्रश्न पनि उत्तिकै जब्बर बनेर आएको छ ।

दुई पाइला अगाडि र एक पाइला पछाडि स्वभाविक नै हुन्छ तर यहाँ त एक पाइला अगाडि र दुइ पाइला पछाडिको क्रम नियमित हुने खतरा उत्पन्न भएको छ । खवरदारी पनि बढिरहेको छ की हिजो क्रान्तिकारी भनिएको नेतृत्व डरपोक बन्ने छुट छैन । पार्टी एकता निल्न वा निलिन, वग्न वा विलिन हुन होइन भनेको नेतृत्व पंक्तिले राजनैतिक र संगठनात्मक आत्महत्या गर्न पाउदैन भन्ने क्रान्तिकारी आवाजलाई सुन्नै पर्दछ । विशिष्ठ र कमजोर परिस्थितिमा रक्षात्मक बन्ने नाममा उपभोक्तावाद हावी बनाएर क्रान्त्किारीहरुको कत्लेआम गर्न पाइदैन । नेताहरुलाई लाग्न सक्छ यो विशिष्ठताको उपज हो तर संजालहरुमा आएकौ प्रश्न ‘सघन आत्महत्या वा महान समपर्णको प्रयास ’ कौ जवाफ तुरुन्तै चाहिएको छ । यस्तो होइन भनेर अड्डि लिने आधार के हो , खोज्नु पर्दैन र साथीहरु ।

लेखक २०४२ देखी मशाल, एकताकेन्द्र , माओबादी हुदै हाल नेकपाको बौद्धिकफांटमा क्रियाशिल छन ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…