Sansar News- Nepal's Fast Khabar Online news portal

विषयगत प्रश्नोत्तर : सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

संसार न्यूज़
४ हप्ता पहिले
विषयगत प्रश्नोत्तर :  सबै विषयका लागि उपयोगी माध्यामिक तह  द्वितीय पत्र  ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

१ भदौ , काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत विषयगत नमुना पश्नहरुको संगालो ल्याउने गरेका छौँ । शिक्षक सेवा आयोगद्वारा संसोधन तथा परिमार्जन गरिएको शिक्षकको अध्यापन अनुमतिपत्र परिक्षाको नयाँ ढाँचा अनुसार पहिलो पत्र (खण्ड क) विषयगत ज्ञान वस्तुगत (बहुबैकल्पिक)मा ४० अङ्क र (खण्ड ख ) शिक्षण सहजीकरण प्रक्रिया अन्तर्गत २५ अङ्क गरेर ५५ अङ्कभार रहनेछ भने द्वितीय पत्र पेसागत ज्ञान खण्डमार्फत ३५ अङ्कको ७ वटा प्रश्न राखिनेछ । द्वितीय पत्र पेसागत ज्ञानबाट सबै विषयका समान प्रश्न रहेनछन् ।

यस पत्रमा एकाइ ७ रहेको छ भने प्रत्येक एकाइबाट १ (एउटा ) प्रश्न गरी सात एकाइबाट ७ सात वटा प्रश्न सोधिनेछन् । अब लागौँ माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने द्वितीय पत्र ‘पेसागत ज्ञान’ अन्तर्गतका केही महत्वपूर्ण उत्तरमालातर्फ –

प्रश्न नं १. शिक्षा ऐन, २०२८ बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको गठन प्रक्रिया सम्बन्धमा गरेको व्यवस्था प्रस्तुत गर्नुहोस् ।


उत्तरः शिक्षा ऐन, २०२८ आठौँ संशोधन को दफा“४क” बमोजिम माध्यामिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापनका लागि एक राष्ट्रिय परीक्षा बोर्ड रहने र राष्ट्रिय परीक्षा बोर्डको गठन देहायबमोजिम हुने उल्लेख छ ः
क. मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरेको र शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा कम्तीमा बाह्र वर्षको अनुभव प्राप्त व्यक्तिहरुमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति –अध्यक्ष
ख. मन्त्रालयको सचिव –उपाध्यक्ष
ग. मन्त्रालयको सहसचिव (विद्यालय शिक्षा हेर्ने) –सदस्य
घ. महानिर्देशक, शिक्षा विभाग –सदस्य
ङ. कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्र –सदस्य
च. सदस्य– सचिव, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् –सदस्य
छ. परीक्षा नियन्त्रक, त्रिभुवन विश्वविद्यालय – सदस्य

ज. प्राध्यापन, शिक्षा प्रशासन र परीक्षा क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरी विशेषज्ञता हासिल गरेका व्यक्तिहरुमध्येबाट बोर्डले मनोनीत गरेका कम्तीमा दुईजना महिला सहित तीनजना –सदस्य
झ. सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुमध्ये बाट कम्तीमा एकजना महिलासहित मन्त्रालयले मनोनीत गरेका दुईजना –सदस्य
ञ. नेपाल शिक्षा सेवाको राजपत्रांकित प्रथा श्रेणीको अधिकृत वा बोर्डको वरिष्ठ कर्मचारीहरुमध्येबाट मन्त्रालयले तोकेको कर्मचारी –सदस्य–सचिव
– बेर्डको अध्यक्षको नियुक्तिको लागि नेपाल सरकारलाई सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्हरु मध्येबाट कम्तीमा एकजना महिलासहित मन्त्रालयले मनोनीत गरेका दुईजना सदस्य रहेको एक सिफारिस समिति गठन गर्नेछ र सो समितिले सिफारिस गरेको व्यक्तिलाई नेपाल सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।
–बोर्डका अध्यक्ष तथा मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ ।


प्रश्न नं २. शिक्षकलाई बालबालिका तथा मनोबिज्ञानको भरपर्दाे ज्ञान हुन किन जरुरी छ ? विश्लेषण गर्नुहोस्\ अथवा बालमनोविज्ञानको अध्ययनले एउटा असल शिक्षक बन्न कुनकुन कुरामा मद्धल पुराउँछ ? कुनै पाँचवटा बुँदामा उल्लेख गर्नुहोस् ।

उत्तरः वाल विकास भनेको बालबालिकाको शारीरिक,मानसिक, संवेगात्मक र नैतिक आदि पक्षमा आउने सम्पूर्ण परिणामात्मक र गुणात्मक परिवर्तनको सिङ्गो प्रक्रिया हो । गर्भधारणदेखि किशोरावस्थासम्म देखिने शारीरिक, सामाजिक एवम् संवेगात्मक परिवर्तन तथा बौद्धिक क्रियालाई बालविकास भनिन्छ । जसमा बालबालिकाले विभिन्न सन्दर्भमा क्रियात्मक, संज्ञात्मक , भाषगत तथा सामाजिक एवम् संवेगात्मक क्षेत्र र समायोजनमूलक क्रियामा सीप प्राप्त गर्ने क्षमता हासिल गर्दछन् । मनोविज्ञान भनेको मानिसको शारीरिक, मानसिक, संवेगात्मक र नैतिक पक्षमा आउने सम्पूर्ण परिमाणत्मक र गुणात्मक परिवर्तनका कारणहरुको खोजी गर्नु वा अध्ययन गर्नु हो ।
मनोविज्ञान र शिक्षा एकआपसमा अन्तरसमबनिधत विषय भएकाले शिक्षण सिकाइमा मनोविज्ञानको अध्ययन गर्नु महत्वपूर्ण मानिन्छ । बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक,सामाजिक, नैतिक आदि पक्षको विकाससम्बन्धी जानकारी दिने विज्ञान नै मनोविज्ञान हो । तसर्थ एउटा असल शिक्षकले बालविकासका विविध पक्षहरुका बारेमा जानकारी लिन र बालबालिकाहरुको मनको कुरा बुझी शिक्षण गर्न मनोविज्ञानको अध्ययन गर्नु आवश्यक हुन्छ । तसर्थ शिक्षकलाई बाmविकास तथा मनोविज्ञानको भरपर्दाे ज्ञान हुनु जरुरी छ भन्ने कुरालाई निम्नानुसार विश्लेषण एवम् पुष्टि गर्न सकिन्छः
१. बालबालिकाहरुको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक आदि पषको अध्ययन गरी सोहीअनुरुप शिक्षणसिकाइ गर्न ।
२. कलिला बालबालिकाको रुचि, इच्छा र क्षमताअनुसार शिक्षण प्रक्रिया अपनाइ बालमैत्री वातावरण सिर्जना गरी शिक्षणसिकाइ गर्न ।
३.बालबालिकाका अवस्था र आवश्यकताअनुसार सामूहिक तथा व्यक्तिगत शिक्षणसिकाइ प्रक्रिया अपनाउन तथा बालबालिकाको वैयक्तिक भिन्नता पत्ता लगाई उनीहरुको आवश्यकता पहिचान गरी सोहीअनुरुप शिक्षण सिकाइ गर्न ।
४. बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्वहरुको ज्ञान हासिल गरी सिकाइ प्रक्रियामा आउने समस्याहरु बुझी शिक्षण गर्ने ।
५. बालबालिकाको वैयक्तिक रुचि र आवश्यकता थाहा पाई उपयुक्त शिक्षण विधिको प्रयोग गर्न सघाउने ।
६. शैषिक ढङ्गबाट तथा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रिया अपनाएर बालबालिकाको सिकाइ स्तर मूल्याङ्कन गर्नसमेत शिक्षकले बालबिकास तथा मानेविज्ञानको अध्ययन गर्नु आवश्यक छ ।


प्रश्न नं. ३. सकारात्मक अनुशासन सिकाइ पद्धति positive discipline learning system_ ) को परिचया दिनुभई सिकाइमा सकारात्मक अनुशासनको महत्वबारे संक्षेपमा लेख्नुहोस् ।


उत्तरः बालबालिकाहरुको अनुशासन उल्लंघन गर्ने तथा अन्य नकारात्मक व्यवहारमा सुधार ल्याउन प्रयनोग गरिने दण्डरहित शिक्षणसिकाइलाइ नै सकारात्मक अनुशासन पद्धति भनिन्छ । सकारात्मक अनुशासन विद्यालयको अनुशासन कायम गर्ने, गराउने क्रममा शिक्षक ÷ प्रधानाध्यापकले विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउन प्रयोग गरिने एक व्यवहारिक एवं मनोवैज्ञानिक तरिका हो । जसमा शारीरिक तथा मनोवज्ञानिक सजाय बिना नै विद्यालयले अपेक्षा गरेजस्तो व्यवहार को प्रत्यारोपण गरी तिनै व्यवहारहरुमा अभ्यस्त गराएर बालबालिकाहरुको अनुशासन तथा बानी ब्यवहारमा परिवर्तन ल्याउन प्रयत्न गरिन्छ ।
–पुनर्बल र दण्डरहित तरिकाले विद्यार्थीहरुलाई नियममा रहने बानीको विकास गर्नु सकारात्मक अनुशासन हो ।
– सकारात्मक अनुशासन एवै आदर्श व्यवहारद्वारा बालबालिका तथा शिक्षकलाई आआफ्नो गल्ती महसुस गराई सो कुरा सुधार्ने अवसर प्रअदान गरिन्छ ।
–सकारात्मक अनुशासन पद्धतिले बालबालिकामा सृजनशीलता तथा खोजमूलक बानीको विकासमा अभिप्रेरित गराउँछ ।
सिकाइमा सकारात्मक अनुशासन पद्धतिको महत्व

१.बालबालिकामा मानसिक तथा मनोवैज्ञानिक समस्या हुनबाट जोगाउँछ । अर्थात् बालबालिकालाई आफ्नो गलत वा नकारात्मक व्यवहारबाट पाठ सिक्ने मौका दिनुका साथै राम्रो र असल व्यवहार सिक्न तथा सोको अवलम्बन गर्ने प्रेरणा प्रदान गर्दछ ।
२. सकारात्मक हनुशासन र आदर्श व्यवहारको माध्यमबाट शिक्षक तथा बालबालिकाहरुको बीचमा आपसी समझददारी बढाउन र एकअर्काको अधिकार एव कर्तव्यप्रति सजग गराउन सहयोग पुग्छ ।
३. दण्डरहित शिक्षणविधि वा सकारात्मक अनुशासन पद्धतिको शिक्षक –विद्यार्थी अभिभावकबीच सुमुधुर सम्बन्ध कायम राख्न सहयोग गर्ने भएकोले सिकाइ सहजीकरण प्रक्रियामा बाधा उतपन्न हुन पाउँदैन ।
४. सकारात्मक अनुशासनले एवं आदर्श व्यवहारले शिषण सिकाइ सहजीकरण प्रक्रियामा सहज वातावरण प्रदान गर्दछ ।

प्रश्न नं. ४ .शिक्षक – विद्यार्थी सम्बन्धले शिक्षण सिकाइमा ठूलो प्रभाव पार्दछ । ’यस भनाइलाई पुष्टि गर्दै हाल नेपालमा शिक्षक विद्यार्थी सम्बन्धमा देखिएका कुनै चारओटा कमीकमजोरी र त्यसको निराकरणका उपाय लेख्नुहोस् ।

उत्तरः शिक्षण सिकाइ क्रियाकलापमा प्रत्यक्ष रुपमा सक्रिय सदस्यको रुपमा शिक्षक र विद्यार्थी रहेका हुन्छन् । शिक्षक– विद्यार्थीबीच कक्षाकोठाभित्र हुने अन्तक्रियाबाट नै निश्चित उद्देश्य प्राप्त गर्न सकिन्छ । शिक्षक विद्यार्थीबीच हुने सु–सम्बन्धबाट नै शिक्षण सिकाइ प्रभावकारी हुने गर्दछ अतः‘शिक्षक–विद्यार्थीबीचको सम्बन्धले शिक्षण सिकाइमा ठूलो प्रभाव पार्दछ । ’ यस भनाइलाई निम्नलिखित बुँदाद्वारा पुष्टि गर्न सकिन्छः
-दोहोरो सञ्चार सुदृढ भई सहज र प्रभावकारी हुने ,
-शिक्षकलाई बालबालिकाको रुची, आवश्यकता र क्षमताको पहिचान गर्न सहज हुने भएकाले सो अनुसार बालमैत्री शिक्षण सिकाइ सञ्चालन गर्न सकिने ,
-विषयवस्तु प्रस्तुतीकरणमा सहजता र अपनत्व कायम हुने ,
-विविधता सम्बोधन गरी बालमैत्री र वातावरण तयार गर्न सहज हुने आदि
हल नेपालमा शिक्षक–विद्यार्थी सम्बन्धमा देखिएका कमीकमजोरीहरु र त्यसको निराकरणका लागि अपनाउनु पर्ने सम्भावित उपायहरुलाई निम्नानुसार सङ्क्षेपमा उल्लेख गर्न सकिन्छ ः
देखिएका कमी कमजोरी
१. शिक्षकले बालमैत्री बालमनोविज्ञानअनुसार बालमैत्री व्यवहार प्रदर्शन गर्न नसकेको
२. शिक्षकले बालअधिकार विपरीतका व्यवहार प्रदर्हन गर्ने गरेको ,
३. शिक्षण सिकाइ प्रक्रिया बालकेन्द्रित नभई शिक्षककेन्द्रित हुने गरेको,
४. विद्यार्थीले शिक्षकप्रति उचित आदर र सम्मान व्यक्त गर्ने वातावरण पातलिँदै गएको,
५. विद्यार्थीलाई दिइने उचित परामर्शको अभाव
निराकरणका उपाय
१. बालमैत्री अवधारणा अनुरुप बालबालिकाप्रति व्यवहार प्रदर्शन गर्नुपर्ने ,
२. शिक्षकले बालअधिकारप्रति पूर्ण प्रतिबद्ध भई सो अनुकुल व्यवहार गर्ने,
३. बालमैत्री र बालकेन्द्रित शिक्षण सिकाइ विधि प्रक्रियालाई व्यवहारमा प्रदर्शन गर्नुपर्ने,
४. शिक्षकको सही व्यवहार नभएका कारण विद्यार्थीको शिक्षकप्रतिको आस्थामा ह्रास हुँदै गएकोले शिक्षकले आफ्नो चरित्र र व्यवहार अनुकरणीय बनाउनु पर्ने,
५. परामर्श दिने अवस्थामा सुधार गर्नुपर्ने

प्रश्न नं. ५. पेशागत अभ्यास भनेको के हो ? एउटा शिक्षकलाई पेशागत अभ्यासको किन आवश्यक पर्छ ? व्याख्या गर्नुहोस् ।


उत्तरः शिक्षकले आफ्नो पेशागत क्रियाकलापहरु र नियमित कार्यक्रम गरिरहेको अवस्थामा आफ्नो पेशासँग सम्बन्ध राख्ने क्रियाकलापहरुसँग परिचित हुने कार्यलाई साधारण अर्थमा पेशागत अभ्यास भनिन्छ । पेशागत तत्वहरुअन्तर्गत पेशागत अभ्यास पनि एउटा महत्वपूर्ण तत्वको रुपमा रहेको हुन्छ । । पेशागत अभ्यासहरुअन्तर्गत पेशागत कुराहरु समावेश हुने गर्दछन् । । एउटा शिक्षकलाई पेशागत अभ्यास निम्न कार्यका लागि आवश्यक हुन्छ ः

१. उपलब्ध पाठ्यक्रम र यसमा समावेश भएका विषयवस्तुहरु सान्दर्भिक, विधिसम्भव भए–नभएको कुरालाई केलाउने र आवश्यक सुधारका लागि सल्लाह सुझाव उपलब्ध गराउने खालका कामहरु गर्ने सिप प्राप्त गर्न,
२. सिकारुमा दिगो सिकाइका लागि गृहकार्य वा अन्य कार्यहरु (कक्षाबाहिर) को योजना निर्माण गर्ने सिप प्राप्त गर्न ,
३. सिकारुको सिकाइका सफलता प्रवद्धन गर्नका लागि सुधारात्मक वा अन्य शैलीका मूल्याङ्कनहरु र यसका प्रक्रियाका बारेमा अध्ययन एवं छलफल सम्बन्धी ज्ञान लिन,
४. सिकारुको सिकाइ क्षमता वृद्धि गर्नका लागि आवश्यक पर्ने योजनाहरुको निमार्ण गर्ने,
५. राष्ट्रले जारी गरेको नयाँ ऐन नियम तथा शैक्षिक कार्यक्रमका सम्बन्धमा निरन्तर जानकार र सचेत हुनु,
६. पेशागत क्रियाकलापमा देखिएका समस्या र विशिष्ट समस्याका विषयमा अनुसन्धानसम्बन्धी ज्ञान र सिप प्राप्ति गर्न, र
७.बालकका समस्याहरुका सम्बन्धमा घटना अध्ययन सम्बन्धी नयाँ विधिको बारेमा जानकारी लिन आवश्यक छ यी बाहेक अन्य बुँदाहरुपनि जोड्न सकिनेछ ।

प्रश्न नं. ६. नेपालको संविधान, २०७२ बमोजिम संघ, प्रदेश र स्थानीय तहका शिक्षासम्बन्धी अधिकारहरु उल्लेख गर्नुहोस् ।


उत्तरः नेपालको संविधान (२०७२) को भाग ५, धारा ५६ देखि ६० सम्मले राज्यको सङ्घीय संरचना र राज्यशक्तिको बाँडफाँडसम्बन्धी आवश्यक व्यवस्था गरेको छ । धारा ५६ ले व्यवस्था गरेअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तह निर्धारण गरेको छ । यी संरचनाहरुले संविधान र कानुनबमोजिम राज्उशक्तिको प्रयोग गर्नेछन् । यो संविधान प्रारम्भ हुँदा बखत नेपालमा कायम रहेका अनुसूची ४ मा उल्लेखित जिल्लाहरु रहने गरी ७ प्रदेशको व्यवस्था गरेको छ । स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लासभा रहनेछन् । संविधानको धारा ५७ ले संङघ् , प्रदेश, सङ्घ र प्रदेश साझा अधिकार र स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार अनुसुची ८ मा स्थानीय तहको अधिकार र अनुसूची ९ मा सङ्घ प्रदेश र स्थानीय तहकोअधिकार उल्लेख गरी त्यसको प्रयोग संविधान र कानुन बमोजिम हुने व्यवस्था गरेको छ । अतः नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा प्रदान गरिएका शिक्षासम्बन्धी अधिकारहरु निम्नलिखित छन्ः
१. अनुसूची ५ : संघको अधिकारः केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तसका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय
२. अनुसूची ६ : प्रदेशको अधिकार ः प्रदेश विद्यालय, उच्चशिक्षा, पुस्तकालय, सङ्ग्रहालय
३. अनुसूची ७ : सङ्घ र प्रदेशको साझा अधिकारः
इन्जिनियरिङ, चिकित्सा, आयुर्वेदचिकित्सा, वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संशाधन विकास ।
४. अनुसूची ८ : स्थानीय तहको अधिकारः आधारभूत शिक्षा र माध्यामिक शिक्षा
५. अनुसूची ९ : सङ्घ प्रदेश र स्थानीय तहका साझा अधिकारः शिक्षा, खेलकुद र पत्रपत्रिका ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…