back

सवारी दुर्घटनामा ५ जनाकोे मृत्यु

वि.सं.२०७६ भदौ १ आइतवार

258 

shares
NTC AD
Global IME AD

१ भदौ, काठमाडौं । काठमाडौं, दाङ र कास्कीमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित सडकमा बा.८२ प ८५४९ नम्बरको स्कुटर र बा. ५प ७१५१ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठक्करखाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका अनिश श्रेष्ठको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका ८ माकलबारीस्थित सडकमा बा.४३ प १०६९ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सिन्धुपालचोकका हाल गोकर्णेश्वर वस्दै आएका मैसानी तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै लमही नगरपालिका -९ रिहारस्थित पूर्वपश्चिम राजमार्गमा रा .१ प ११३१ नम्बरको मोटरसाइकललाई ना.६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर खाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका ५ धर्नाका बिनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका ४ कारकादो बस्ने रमेश बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पोखरा महानगरपालिका- १० औद्योगिक क्षेत्रमा ग.१० प ४७५० नम्बर र ग.४ प २२५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ग.४ प २२५४ नम्बरको मोटरसाइकल चालक पोखरा महानगरपालिका १३ मियापाटनका देवदास गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...