back

उत्तरी अफगानिस्तानमा बम बिस्फोट

वि.सं.२०७६ भदौ १ आइतवार

144 

shares
NTC AD
Global IME AD

१ भदौ, मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो ।
प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जानकारी दिए । मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने पनि रजाकले बताए । उनले आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको दाबी गरे । तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ । रासस (सिन्ह्वा)

वि.सं.२०७६ भदौ १ आइतवार १४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...