Sansar News- Nepal's Fast Khabar Online News Portal

लामो तयारीपछि ब्राजिलमा ओलम्पिक खेलको उद्घाटन तयारी

संसार न्यूज़
४ वर्ष पहिले

 

View of fireworks bursting during the opening ceremony of the Rio 2016 Olympic Games at the Maracana stadium in Rio de Janeiro on August 5, 2016. / AFP PHOTO / VANDERLEI ALMEIDA

२२ साउन, रियो दि जेनेरियो (ब्राजिल) । ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको ब्राजिलले राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा नेपाली समय अनुसार शनिबार बिहानै औपचारिक उद्घाटन गर्ने सम्पूर्ण तयारी पूरा गरेको छ ।

ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराडाना रंगशालाले ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूलाई भव्य स्वागत गर्नेछ ।

ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे हुने उद्घाटन समारोहले मुलुकको शान चम्काउने आशा गरेका छन् ।
“मलाई विश्वास छ, उद्घाटन समारोह ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्नेछ”¬–उद्घाटन समारोहको तयारीमा जुटेका सिर्जनशील निर्देशकहरुमध्ये एक फर्नान्डो मेरिलिजले भन्नुभयो ।

सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले बताउनुभयो ।

खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेठलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाउने छन् ।एएफपी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…