back

एनआरएनए स्वीडेनमा दिनेश कुमार श्रेष्ठ

वि.सं.२०७६ भदौ १ आइतवार

183 

shares
NTC AD
Global IME AD

१८ अगस्त, स्वीडेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

१७ अगस्तमा सम्पन्न परिषद्को पाँचौ राष्ट्रिय अबिधेशनले अध्यक्षमा श्रेष्ठलाई निर्वाचित गर्दै उपाध्यक्षमा घनश्याम पुन, महासचिवमा राज कुमार ओमसन्, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा सरिता ढकाल, युवा संयोजकमा भिम बाहादुर भण्डारी, महिला संयोजकमा रिना के. सी, र सदस्य पुनम राई, सुधन रेग्मी, नवराज तिमल्सिना, बेली जी. सी, प्रविण श्रेष्ठलाई निर्वाचित गरेको छ ।

त्यस्तै संघको आईसिसि सदस्यमा निर्वतमान अध्यक्ष अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रमुख अतिथि तथा पर्यबेक्षक एनआएनए आईसिसि महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा स्टकहोलममा सम्पन्न उक्त महाधिबेशनको विशेष अतिथिमा आईसीसि होनरि कन्सुलर तथा एनसीसि बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनसिसि स्वीडेनका संस्थापक अध्यक्ष नबिन थपलिया, प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष चिरन्जिबी खरेल, आईसिसी सदस्य प्रवेश कुँवर, नेपाल मण्डपका अध्यक्ष सुबाश अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

शिब कुमार चम्लागाईको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिको उपसंयोजकमा चुडामणि भट्टराई र सदस्य बद्रि शर्मा पौडेलले सफलताका साथ निर्वाचन सम्पन्न गराएका थिए ।
त्यस्तै एनआरएनए आइसिसिका उपाध्यक्ष कुल अचार्यले महाधिबेसनको पूर्ण सफलताको शुभकामना मन्तव्य पठाएका थिए ।

सो अवसरमा मतदानका लागि स्वीडेनको कुना–कुनाबाट नेपालीहरुको उपस्थिति रहेको थियो भने प्राबिधिक सहयोगीमा प्रमोद अर्याल र रोहित क्षेत्री, ज्ञानबहादुर पाईजा,रामचन्द्र गौतम, उचित सिग्देल, राजु न्यौपाने, केशब प्याकुरेल स्वयंसेवी भूमिका निर्वाह गरेका थिए ।

सोहि अवसरमा एनआरएनए स्वीडेनका संस्थापक उपाध्यक्ष, आइसिसि सदस्य तथा एनसीसी स्वीडेनका जेष्ठ नागरिक प्रवेश कुँवरलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७६ भदौ १ आइतवार १६:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...