२ भदौ, काठमाडौँ । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षैसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति आस गर्ने कि भर पर्ने द्विविधामा छन् ।
लामो समयसम्म मुद्दाको सुनुवाई नहुँदा पीडित झनै पीडित हुनुपर्ने अवस्था छ । । ढिलो न्याय दिनु न्याय नदिनुसरह हो भनिन्छ तर वर्षाैदेखि अदालतले महिलाको मुद्दामा भने कम प्राथमिकता दिने गरेको पाइएको छ ।
जिल्ला अदालतदेखि सर्वाेच्चसम्म पुग्ने महिला हिंसा बलात्कार र मानाचामलसहितका दर्जनौं मुद्दा पालो नपाएर लामो समयदेखि थाती छन् । जसको एक उदाहरण हो, पछिल्लो पाँच वर्षअघि सर्वाेच्चमा दायर भएको बलात्कारको एक मुद्दा ।
सो मुद्दा सुनुवाइ हुन नसकेर इजलासमा घुमिरहेको छ । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ भदौ २ सोमवार ०८:०४ मा प्रकाशित