Sansar News- Nepal's Fast Khabar Online news portal

परीक्षाको तयारी गर्दैहुनुहुन्छ ? यसरी पनि गर्न सकिन्छ परीक्षाको तयारी

संसार न्यूज़
४ हप्ता पहिले
परीक्षाको तयारी गर्दैहुनुहुन्छ ? यसरी पनि  गर्न सकिन्छ परीक्षाको  तयारी

२ भदौ , काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को परीक्षाको मिति सार्वजनिक गरेसँगै परीक्षार्थीमा एक किशिमको हतास उत्पन्न भएको छ । कसरी परीक्षामा उत्तीर्ण हुने भन्ने । परीक्षामा औपचारिक रुपमा निश्च्चित समय तोकिएको हुन्छ त्यही समयको परिधिमा रहेर वर्षभरि पढेको ज्ञानलाई व्यक्त गर्नुपर्नेहुन्छ त्यसैले पनि सबै विद्यार्थीहरु यसलाई महत्वका साथ लिने गरेका छन् ।

आज हामी परीक्षाको तयारी कसरी गर्ने त यसबारे केही महत्वपूर्ण टिप्स लिएर आएका छौं ।

१.विषयवस्तुको ज्ञान – सर्वप्रथम त आफूले अध्ययन गर्न लागेको वा आफ्नो विषयको विषयवस्तु ,पाठ्यक्रमको बारेमा गहिरिएर बुझ्नुपर्छ तव मात्र हामीलाई अध्ययन गर्न सहज हुन्छ ।

२. समय व्यवस्थापन – समय व्यवस्थापनले पनि परीक्षामा सफल गराउन मद्धत गर्छ । हामीले पढ्ने भन्दैमा चौबिसौँ घण्टा किताब मात्र हेर्ने पनि गर्नु हुँदैन । तपाई फेस भएको बेला किताब पढ्ने गर्नुहोस् जसले गर्दा पढेका कुरा छिटो दिमागमा बस्छ । राती रातीसम्म बसेर कहिल्यै अध्ययन गर्नु राम्रो मानिदैन । कुन समय पढ्नको लागि उपयुक्त हुन्छ त्यो समयमा एकाग्र भई अध्ययन गर्ने ।

३ . पुराना नमुना प्रश्नपत्रहरुको अध्ययन –पुराना नमुना प्रश्नपत्रहरुको अध्ययन गर्ने गर्नुपर्छ । जसले गर्दा परीक्षामा यस्तै किसिमका प्रश्नहरु आउँछन् भन्ने जानकारी हुन्छ र त्यही अनुरुप अध्ययन गर्न सहयोग पुराउँछ ।

४ . लेख्दै अध्ययन गर्ने – पढेको कुरा लेख्दै अध्ययन गर्ने बानी बसाल्नुहोस् जसले गर्दा लेख्दै अध्ययन गर्दा छिटो सम्झने हुन्छ भने लेख्ने बानीको पनि सँगै विकास हुन्छ । पढेर भन्दा कतिकुरा लेखेर नै सम्झन सकिन्छ । लेखनविधीले लेखाइ सीपको विकास पनि गराउँदछ ।

५ .बुझेर अध्ययन गर्ने – थोरै अध्ययन गर्नुस् तर बुझेर अध्ययन गर्नुस् घोकेर भन्दा पनि त्यसको मुख्यकुरा सार बुझेर अध्ययन गर्दा प्रभावकारी हुन्छ । त्यसैले थोरै अध्ययन गर्नुस् बुझेर अध्ययन गर्नुस् ।

६ . छलफल गर्ने -आफूले जानेको कुरा साथीहरुसँग छलफल गर्नेगर्नुस् जसले गर्दा सिकाइ बढी प्रभावकारी हुन्छ । अरुलाई सिकाएको कुरा पछिसम्म र छिट्टै सम्झन सहयोग पुराउँछ ।

७. लामो समय एकनासले कहिले अध्ययन नगर्नुस् समय समयमा बिश्राम लिने गर्नुस् एकनासको अध्ययनले सिकाइ प्रभावकारी हुन सक्दैन ।

८.परीक्षामा तनाव , खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । प्रयाप्त सुत्ने गर्नुस् अनिद्राले स्मरण शक्तिमा ह्रास ल्याउँछ ।

९. परीक्षाको दिन आफूलाई प्रेसर दिनुहुँदैन फेस राख्नुपर्छ । परीक्षाको दिन अध्ययन गरेर प्रेसर नदिनुस् । परीक्षामा आवश्यक पर्ने सामाग्रीहरु दुईवटा पेन, पेन्सील, इलेजर स्केल प्रवेशपत्र, र आवश्यक सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षासमयभन्दा ३० मिनेट अगाडि नै परीक्षाकेन्द्रमा पुग्नुपर्छ । प्रश्पत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । सबै प्रश्नको हल गर्ने प्रयास गर्नुस् आउने प्रश्नको पहिला उत्तर लेख्नुस् उत्तर लेख्दा समयलाई विशेष ध्यान दिनुपर्छ किनकि कुन प्रश्न कति अङ्कको छ त्यसलाई मनन गरी उत्तर लेख्ने गर्नुपर्छ । यसो गर्नाले मात्र पनि परीक्षामा हामी सफल हुन सहयोग गर्दछ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…