Sansar News- Nepal's Fast Khabar Online news portal

अध्यक्षले आत्मालोचना गरे माधव नेपालले झलनाथलाई मान्ने

संसार न्यूज़
४ हप्ता पहिले
अध्यक्षले आत्मालोचना गरे माधव नेपालले झलनाथलाई मान्ने

२ भाद्र, काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शिर्ष नेताहरुको वरीयतामा हेरफेर भएसँगै वरिष्ठ नेता माधव नेपालको प्रतिक्रिया कस्तो आउला भन्ने धेरैको चासो रहेको छ ।

वरीयतामा १५ महिना अघि नेपाल अर्का नेता झलनाथ खनाल भन्दा माथिल्लो स्थानमा थिए । तर, आइतबार सम्पन्न सचिवालयको बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका खनाललाई अध्यक्षद्धय पछिको तेश्रो वरियतामा राखेसँग पार्टीभित्र वरियताको बहस उत्पन्न भएको छ ।

अब वरीयताको पहिलो स्थानमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र दोश्रो स्थानमा पूर्वप्रधानमन्त्री तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल रहने छन् । अध्यक्षद्धय पछि खनाल तेश्रो स्थानमा रहनेछन् भने तत्कालीन नेकपा एमालेका शक्तिशाली महासचिव तथा पूर्वप्रधानमन्त्री भइसकेका नेपाल चौथो वरीयतामा रहनेछन् । सधै प्रथम या दोश्रो वरीयतामा रहेका नेपाल पहिलो पटक चौथो वरीयतामा धकेलिएका छन् ।

चौथो वरीयतामा धकेलिएपछि नेपालले सार्वजनिक रुपमा प्रतिक्रिया दिएका छैनन् । तर, निकटहरुसँग भने २०७५ जेठ ३ गतेको वरीयताक्रममा कमजोरी रहेको भन्दै पार्टी नेतृत्वले सार्वजनिक माफी मागे नेपालले खनाललाई नेता मान्ने बताएका छन् । नेपाललाई उदृत गर्दै श्रोतले भन्यो, पार्टी अध्यक्षद्धयले १५ महिना अघि गल्ती भएको भनेर स्वीकार गरे माधव नेपालले वरीयताको मुद्धा नचर्काउने मनस्थिति बनाएका छन् ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…