Sansar News- Nepal's Fast Khabar Online news portal

प्रहरी कार्यालयद्वारा एक करोड बढी राजश्व सङ्कलन

संसार न्यूज़
४ हप्ता पहिले
प्रहरी कार्यालयद्वारा एक करोड बढी राजश्व सङ्कलन


२ भाद्र, काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु एक करोड २० लाख ४८ हजार जरिवाना (राजश्व) सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५\७६ को अवधिमा सवारी कारवाहीबाट उक्त जरिवना सङ्कलन गरिएको हो ।

सवारी साधन कारवाहीबाट जरिवाना रकम सङ्कलन गरेको अहिलेसम्मकै उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसवर्ष बढी राजश्व सङ्कलन भएको प्रहरी नायब निरीक्षक विष्णु बस्नेतले जानकारी दिए। सिन्धुलीमा सवारी चाप बढ्दै जाँदा सवारी साधनहरुले नियम उल्लङ्घन गर्दा कारवाहीको सङ्ख्या पनि बढेको उनको भनाइ छ ।

सवारी कारवाहीबाटै एक महीनामा न्यूनतम रु सात लाख राजश्व सङ्कलन भएको छ । एक आवमा १७ हजार ७२२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । नियम विपरीत चलेका दुई हजार ६४८ बस, आठ हजार ८११ ट्रक, चार हजार ६६९ जिप तथा कार, ७४५ ट्याक्टर, तीन हजार ७४४ मोटरसाइकल र एक हजार २३८ टेम्पो कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । सवारी कारवाहीबाट सबैभन्दा कम साउन महीनामा रु सात लाख ६५ हजार राजश्व सङ्कलन गरेका ट्राफिक प्रहरीले भदौमा रु १२ लाख २५ हजार, कात्तिकमा रु ११ लाख ९२ हजार, पुस, फागुन, चैत र वैशाख महीनामा रु १० लाख भन्दाबढी राजश्व सङ्कलन गरेको छ ।

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीको चाप बढ्दै जाँदा सवारीको कारवाही सङ्ख्या पनि बढ्दै गएको हो । आव २०७४\७५ मा ट्राफिकले रु एक करोड आठ लाख ५४ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।

बिपी राजमार्गको सिन्धुली सडकखण्डमा ‘टाइमकार्ड’ लागू गरिएपछि दुर्घटना कम भएका प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । सिन्धुली हुँदै काठमाडौँ र काठमाडौँ हुँदै तराईका विभिन्न जिल्लालाई गन्तव्य बनाएर दैनिक ७०० भन्दाबढी सवारी साधन गुड्ने गरेका छन् । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…