Sansar News- Nepal's Fast Khabar Online News Portal

मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध

संसार न्यूज़
६ महिना पहिले
मकाउबासी नेपालीलाई सचेत रहन अध्यक्ष थापाको अनुरोध

३ भाद्र, मकाउ । हङकङमा चलिरहेको सरकार विरोधि प्रदर्शनले उग्ररुप लिइरहेको अवस्थामा मकाउमा पनि हुन सक्ने सम्भावित दुर्घटनामा मध्येनजर गर्दै त्यहाँको प्रशासनले कडाई गरेको छ ।
मकाउ प्रहरीले समुहमा मात्र नभएर दुईजना सँगै बसेको देखेपनि चेकजाँच गर्ने गरेको छ । यतिबेला मकाउमा रहेका आप्रवासी कामदार मात्र नभएर विदेशबाट मकाउ घुम्न आएका पर्यटकलाई पनि मकाउको प्रशासनले एयरपोर्टदेखि नै कडाई गर्दै आएको नेपाल चेम्बर्स अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापाले संसारन्युजलाई बताएका छन् ।

थापा मगरले नेपालीहरुलाई समुहमा एकत्रित भएर सार्वजनिक ठाउँमा नबस्न तथा कालो कपडा लगाउने चाइना बिरोधी हो कि भनेर शंका गर्दै चेक जाँचमा कडाई गरेको बताएका छन् ।

उनले यतिबेला हङकङमा चलिरहेको सरकार विरोधि आन्दोलनका कारण मकाउ, चाइनामा पनि असर नपरोस् भनेर प्रशासनले यस्तो सर्तकर्ता अपनाएको बताएका छन् ।

विशेषत मकाउको क्यापिटल सिटी सन्नमालो मकाउ (न्यू रोड मकाउ ) क्षेत्रमा प्रहरीले कडाई गरेको बताए । ‘मकाउमा कार्यरत सबै नेपाली दाजुभाइलाई मेरो अनुरोध छ कि, सार्वजनिक ठाउँमा सामुहिक रुपमा नहिड्न, नबस्न, कुरा नगर्न र लामो समय एकै ठाउँमा नबिताउन हुन अनुरोध गर्दछु,’ उनले भने ‘जबसम्म विरोधीहरुको प्रदर्शन रोकिदैन यो जाँच जारी रहन्छ । चीन, मकाउ र हङकङको कानुनलाई सम्मान गर्नुहोस् ।’ साथै कालो रंगका समानहरु पनि नकिन्न पनि थापाले अनुरोध गरेका छन् ।

थापा मगरले मकाउमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना सदस्यहरु मात्र नभएर अन्य नेपालीलाई पनि यस कुरामा सचेत गराउनुपर्ने बताएका छन् ।

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ७ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…