Sansar News- Nepal's Fast Khabar Online News Portal

सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

संसार न्यूज़
६ महिना पहिले
सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

४ भदौ, काठमाडौँ । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीमा प्रतितोला रु ५ ले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोवार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु पाँचले वृद्धि भएर प्रतितोला रु ८३० पुगेको महासङ्घले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला रु ८२५ मा खरीदबिक्री भएको थियो ।
भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको हो । गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको छ ।
साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५०० अमेरिकी डलर पुगेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।
सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ । (रासस)

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ७ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…