Sansar News- Nepal's Fast Khabar Online news portal

सामाजिक संजाल फेसबुकमा गालि गलौज गर्ने पक्राउ

संसार न्यूज़
४ हप्ता पहिले
सामाजिक संजाल फेसबुकमा गालि गलौज गर्ने पक्राउ

४ भदौ , काठमाडौं । सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई गालि गलौज गर्ने एकजना पक्राउ परेका छन् ।

बारा जीतपुर सिमरा उपमहानगरपालिका १ बस्ने २५ वर्षीय सागर मैनालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न भिआइपी तथा प्रतिष्ठित व्यक्तिहरुलाई नाङ्गो खुकुरी देखाई अमर्यादित शब्दहरु प्रयोग गरी गाली ग्लौज गरेको भिडियो फेसबुकमा पोष्ट गरी ईज्जत, मान प्रतिष्ठा समेतमा आँच पुर्‍याउने कार्यमा संलग्न रहेका मैनालीलाई महानगरीय अपराध महाशाखा टेकुको समन्वयमा ईलाका प्रहरी कार्यालय सिमराको सहयोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेका मैनालीलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको सो महाशाखाले जनाएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…