back

कविता : एउटी नारीको सेल्फ-पोट्रेट !

वि.सं.२०७६ भदौ ७ शनिवार

255 

shares
NTC AD
Global IME AD

भन्नेले सागर भनिदिए
फूल, जून, धर्ती भनिदिए
आकाश, जननी या सृष्टि भनिदिए
यी सब भन्नका लागि भनेका हुन् भन्थेँ,
हो रै’च !

नदि पर्खनु
प्यासी बन्नु र बनिरहनु
आँधी, हुरी, ज्वारभाटा चल्नु र चलाइरहनु
कहिले जम्नु, कहिले उम्लनु र वाफ बनेर उडिरहनु
सागर नभएर अरु के हुन सक्छे त नारी ?

कहिले गमलामा
कहिले हत्केलामा
कहिँ तनमा, कहिँ मनमा
अरुले चाहे झैं
अरुकै बगैंचामा
अरुकै लागि फुल्नु, मुस्कुराउनु र वास्ना छर्नु
वैंसमै टिपिनु या ओइलिएर र झर्न पर्खनु
फुल नभएर अरु के हुन सक्छे त नारी ?

कै’ले देखिनु
कै’ले छोपिनु
फरक रुप र समयमा
निश्चित गति, यति र लय समातेर
अरुकै उर्जा लिएर उर्जा बाँड्नु
जून नभएर अरु के हुन सक्छे त नारी ?

निरन्तर–निरन्तर
प्रहार सहनु
दुख्नु र दुखिरहनु
जहाँ, जे, जस्तो परे’ नि चुपचाप सहनु र सहिरहनु
धर्ती नभएर अरु के हुन सक्छे त नारी ?

केहि नहुनु
मात्र शून्य हुनु र पनि फैलनु अनन्त
हुनुको भ्रम पालेर
भएकाहरुको सबथोक हुनु
आकाश नभएर अरु के हुन सक्छे त नारी ?

अलिकति फकाए मक्ख हुनु
थोरै घुर्क्याए उदास हुनु
आफ्ना स्वप्नहरु सबै भुलेर
आफ्नाहरुको स्वप्नमा सम्मोहित हुनु
जननी नभएर अरु के हुन सक्छे त नारी ?
सृष्टि नभएर अरु के हुन सक्छे त नारी ?

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...