Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा : मोटरसाइकल

चन्दा थापा, 'चन्द्रिका', पाल्पा, हाल–काठमाण्डौं
३ महिना पहिले
कथा : मोटरसाइकल

त्यतिबेला मोटरसाइकल सबैका लागि निकै महत्वपूर्ण र रहरको विषय थियो । कुर्ता सुरुवाल लगाएर कुर्तामाथि सल ओढेर उसँगै हिड्दा हिन्दी फिल्म ‘प्यार किया तो डरना क्या’ को गीतमा भनेजस्तै ‘ओढली चुनरिया तेरे नामके, चाहे दुनिया जो भि सोचे हमको करना प्यार’ भन्ने गीत अति प्यारो लाग्थ्यो ।

तराईको बाटो । वर्षाको मौसम । खेतका गरामा लहलहराएका हरिया धानका बाला अनि रातिको बेला झ्याउँ झ्याउ कराउने झ्याउकिरी । अ हो, यस्तो लाग्दथ्यो । उ सँगको जीवनभरीको साथ कहिले नछुटोस् । उ मलाई छोडेर टाढा कहिले नजावोस् । हुन पनि त्यसरी नै माया गर्दथ्यो उँ मलाई । आकासतिर देखाउँदै भन्दथ्यो ‘उ हेर त तिमी त त्यो चन्द्रमा भन्दा पनि उज्याली छौं अनि राम्री छौं, साँच्चै तिमी त्यहि जुन भन्दा चम्किली छौं । तिमी मेरो जीवनको सबैभन्दा प्यारो मान्छे । म बाट कहिल्यै टाढा नहुनु हैं । म तिमी बिना एकपल पनि बाँच्न सक्दिन ।’

उसको कुरा सुन्दा लाग्दथ्यो । उँ मेरै लागि बनेको हो । उँ मेरै लागि यो धर्तिमा आएको हो । उसकी आमालाई नौ महिना पीडामा पारेर प्रसव वेदनापछि उँ जन्मिएको हो केवल मेरै खुसीका लागि ।

उ शहरमा बस्थ्यो, सहरिया केटा । म गाउँकी केटी । घर छोडेर कलेज पढाईकै लागि शहरमा बसेकी थिएँ । मसँग भाइ पनि थियो । भाइ सात कक्षामा पढ्थ्यो । आमाले नै ‘तँलाई पनि साथी हुन्छ । शहराँ बस्छ, लैजा !’ भनेर साथ लगाइदिएकी थिइन् ।

भाइ सानै थियो । सायद प्रेमका भाषा बुझ्ने बेला भइसकेको थिएन उसको । फोनको चलन त्यति थिएन । मलाई फोन किनौं किनौ त लागेको थियो । तर, त्यतिबेला फोन निकै महँगो थियो । फेरि पैसा पनि त पुग्थेन । बा’ ले ठिक्क अड्कलेर कलेज पढ्नका लागि मात्र दिने गर्दथे । विदामा घर पुगेर फर्कने बेलामा जहिले पनि भन्थे ‘धेरै पढेर नोकरी गरेर देलिस् नि ! अहिले देको पैसाको ब्याज सहित’ बा’ ले साउ–व्याज एकैपटक लिन्छु भने पनि बा को मुस्कानले भनिरहेको हुन्थ्यो ‘तेरो भविष्य बना छोरी ।’

उ कलेज पढ्न जाने क्रममा बाटोमा भेटिएको थियो । मोटरसाइकल चलाएर हिड्थ्यो ।
एकदिन कलेजबाट कोठामा फर्कदै थिए, नजिकैको चिया पसलमा बसेर साथीसँग चिया पिउँदै गफ गरिरहेको थियो ।

हुन त, कलेजमा पनि विराट, किस्मत, बसन्तले आँखा नतरेको होइन । प्रत्येक वर्षको बैशाखमा मुड्कि ताकेको अमिरखानको पोस्टकार्ड, माधुरी दीक्षित, ममता कुलकणी, पूजा भट्ट अनि कपाल पालेको ज्यांगो मान्छे सन्जयदत्तको फोटोमा शुभकामनाका शब्द लेखेर नदिएको पनि होइनन् । मनमा कता–कता, कस्तो–कस्तो बेचैनीको भावना नआएको पनि होइन । तर, त्यस्ता भावना क्षणभरमै आउने र क्षणभरमै जाने गर्दथे । भन्छन् मानिसहरु प्रत्येक, सेकेण्ड, प्रत्येक घण्टा अनि प्रत्येक दिन मानिसको मनमा हजारौ लाखौ भावनाहरु तँछाड मछाड गर्दै आउँछन् तिनीहरुलाई नियन्त्रण गर्न सक्नुनै जिन्दगीलाई सरल र सहज गोरेटोमा हिँडाउनु हो ।

म पनि त्यसरी नै आफूलाई सम्हाल्थे । होइन, बाबा आमाको सपना पूरा गर्नुछ । कहाँ यस्तो सोचेर हुन्छ । म त परिवारकी जिम्मेवार छोरी । आमा बाबाले जसरी मेरालागि सपना देखे मैले ती सपना पूरा गर्नका लागि पढ्नै पर्छ मेहनत गर्नैपर्छ । अनि त ती पोस्टकार्ड र साथीहरुको अनुहार एकाएक मन अनि आँखाबाट बिलाउन थाल्थे ।

कलेजको छेउँको चिया पसलमा बसेर उँ आफ्नो साथीसँग बसेर सधैं चिया पिइरहेको हुन्थ्यो । छेउँमा उसको बुलेटप्रुफ बाइक हुन्थ्यो । उ चुरोट पनि तान्दै हुन्थ्यो । म भन्दा झण्डै १० वर्ष जेठो थियो होला उँ । हेर्दा हट्टा कठ्ठा । घाँटीमा मोटो सुनको सिक्री लगाएको । अनि डिंगो जुत्ता लगाएको, अलि–अलि कपाल लामो पनि बनाएको उसलाई देख्दा जो कोही पनि आकर्षित हुन्थे ।

कलेजबाट कोठामा फर्कदै थिए, चिया खाइरहेको उ हत्तपत्त उठेर मोटरसाइकल स्टार्ट गरेर मेरो पछि पछि आयो । हुन त उ पहिले पनि त्यो चिया पसलमा आक्कल झुक्कल देखिन्थ्यो । मलाई त्यति वास्ता भने हुन्थेन । तर, उसको हाउभाउले भनि कहिलेकाँही मेरो मन नजानेरै पनि उतिरै तानिएको हुन्थ्यो । मानिस भित्री मनमा जस्तो भएपनि झट्ट तान्ने बाहिरी सुन्दरताले नै हो । सायद त्यसरी नै तान्थ्यो उसको शारीरिक आर्कषणले मलाई पनि ।

त्यसदिन पनि उ मलाई देख्नासाथ आधा गिलासमै चिया छोडेर हतार–हतार बाइक स्टार्ट गरेर मेरो पछि–पछि आयो । म उसलाई वास्ता नगरी हिँडेकी थिए । ठ्याक्कै फिल्मी शैलीमा जसरी हिरोले हिरोइनका अगाडि ल्याएर बाइक रोक्छन्, त्यसरी नै रोकेर सोध्यो, ‘कहाँसम्म पुग्छ्यौ, म पुर्याइदेउ ?’ पहिलो पटकमै उसले तिमी भनेर सम्बोधन गर्यो । साउद सानो देखेर होला, भनेर सोचे । तर, पनि मैले आफूलाई कमजोर देखाउनु हुँदैन भनेर, ‘होइन त्यहि पर हो, नजिक छ ।’ भनेर टारिदिए । उ अरु केही नबोली बाइक हुइकाएर अगाडि बढ्यो ।

म, उ गएको हेरिरहेँ । बाटोभरी सोँचे, कहाँको मान्छे होला ? धेरै समय भयो कलेजको छेउँमा आएर मलाई हेरिरहन्छ ! घर पुगेर पनि उसको बोली सम्झिरहेँ । केही दिनदेखि उसको हाउभाउले ममा प्रभाव पारिरहेको थियो । तर, पनि शहरका केटाहरु ठिक हुँदैनन् । स्वार्थी हुन्छन् । गाउँका सोझा–साझा केटीहरु देखेर जिस्क्याउँन मात्र पछि लाग्छन भन्ने मनमा लागिरहन्थ्यो ।

अर्कोदिन पनि कलेजबाट कोठामा जाँदै थिए, चिया पिइरहेको उ फेरि जुरुक्क उठेर आयो । ‘तिम्रो नाम थाहा पाउन सक्छ ?’ मुसुक्क मुस्कुराउँदै सोध्यो उसले । ‘किन नाम चाहियो र तपाईँलाई ?’ मेरो प्रश्न यत्ति थियो । उ बोलेन केवल निहुरियो ।’ यस्तो लाग्यो उ कुनै भूल गर्ने वाला छ वा गरिसक्यो । म, उसलाई वेवास्ता गर्दै अगाडि बढे । अलि पर पुग्दा उ फेरि मेरै छेउँबाट केही नबोली बाइक हुँइक्याएर गयो ।

एवं रितले उ मेरो पछि लाग्न थाल्यो । विहानको १० बजेसम्म चिया पसल । मलाई देखेपछि फेरि कहाँ जान्थ्यो थाहै हुन्थेन । एवं रितले शनिबार बाहेक प्रत्येक दिन उ मेरो पिछा गर्न थाल्यो । घरि मलिनो मुहार लिएर बस्थ्यो । घरि मुस्कुराउथ्यो अनि घरि उदास भएर पर–पर हेरिरहन्थ्यो । लामो समयसम्म उ मेरो पछि लाग्यो ।

जिन्दगीमा सायद उसकै कारण मायाको मुना टुसाउँदैथ्यो क्यारे मेरो मनभित्र । उसको मौनता र मुस्कानले मलाई भित्र भित्र जलाउथ्यो । मद्धारा सताइएको उ होइन, उसको मौनतलाले मलाई भित्र भित्रै जलाइरहेको भान हुन्थ्यो । लाग्थ्यो आजै गएर सोधौं, ‘भन न तिमी किन मेरो पछि लागिरहेका छौं अनि के चाहान्छौ म बाट ?’

एकदिन कलेजबाट छुटेपछि साथी सरिताले चिया पिउन कर गरी । मैले जाँदिन भनेर उबाट पन्छिन पनि खोजे । तर, सरिताले मानिन । अन्तत ः म उसले चिया पिइरहेको ठाउँमा चिया पिउन जान बाध्य भए ।

सरिताले चिया अर्डर गरी । म चिया पसलको कुनापट्टिको बेन्चमा उसले नदेख्ने गरेर छेकिएर बसे । तर, मनले घरी–घरी उतिरै नजर पुर्याइरहेको थियो । उ पनि मलाई हेरिरहेको थियो । उ पहिलेको दिन जस्तै त्यसरी नै उदास थियो । लाग्थ्यो उसको केही प्रिय अनि बहुमूल्य चिज उबाट गुम भएको छ र उ त्यहि खोज्न दिनहुँ चिया पसलमा आइरहेको छ ।

चिया पसलेले एकैछिनमा चिया लिएर आयो । हामी चिया पिउँदै थियौ । उ हाम्रै टेवुलमा आएर सोध्यो, ‘बस्न सक्छु ?’ सरिता अलि खुल्ला स्वभावकी थिइ, उ विद्यार्थी संगठनको नेता पनि थिइ । अनि भनिहालि, ‘बस्नुस् न यो टेवुल हाम्रो होइन, चिया पसलका साहुँजीके हो ।’ उँ फेरि मुस्कुराएर भन्यो, ‘धन्यवाद ।’

अ, तपाईहरुको परिचय पाउन सक्छु । सरिताले एकै सासमा आफ्नो परिचय दिइ हाली । अनि भनि ‘हामी यहि कलेजमा बिए पढ्दै छौं ।’ खुसी लाग्यो तपाईहरुसँग भेटेर ‘अ म समन थापा, यहि नजिकै छ मेरो घर । सरिताले मलाई पनि ‘परिचय देउ’ भन्दै चिमोटी । म, समनको अनुहारमा हेर्न डराइरहेकी थिए । समनले सरिताका आँखा छलेर मलाई हेरिरहेको थियो पटक–पटक ।


‘म सुमिता विष्ट’ यत्ति भनेर रोकिए । ‘के भयो ?’ सरिताले आँखाका इसाराले मलाई सोधि । हामी चियाको पैसा तिरेर निस्कियौं । सरिताका माध्यमबाट समनले मेरो नामसम्म सोध्न सफल भयो । धेरैदिन देखि तर्किएर हिँडेकी मैले बिस्तारै समनलाई मनमा बसाउन थाले ।

त्यसरी नै अर्को दिन पनि समन चिया पसलमै आएर बसेको थियो । म हिँडिरहेकी थिए । आज त समन चिया सकेर तयार भएर बसेको रहेछ । बाइक चलाएर नजिकै आएर भन्यो, ‘प्लीज आज मेरो बाइकमा जाउँ न सुमिता ।’ खोइ के भयो पटक–पटक समनको बाइकमा बस्न इन्कार गरेकी म त्यतिबेला आज्ञाकारी बालक जस्तै उसको बाइकमा जान अगाडि बढें । पहिलो पटक बाइकमा चढ्न लागेकी थिए । गाह्रो लाग्यो चढ्न । हुन त, बुलेट प्रुफ बाइक होचो नै थियो । डरका कारण कसरी चढौं भन्ने लागेको थियो । मेरा लागि अन्जान व्यक्ति थियो समन । तर, पनि बाइकमा चढ्ने बेलामा म उसको काँध समाएर बाइकमाथि चढे ।

उसलाई कस्तो महसुस भयो कुन्नी, मलाई त शरीरमा करेन्ट दगुरेजस्तो लाग्यो । खलखली पसिना आयो । लाग्यो जीवनमा पहिलोपटक यस्तो महसुस भएको हो । म चढेपछि समनले बाइक हाँक्न थाल्यो । उसलाई पनि धेरै खुसी लागेको थियो क्यारे, बाइक घरी बेस्सरी हाँक्ने र घरी विस्तारै चलाउने गर्न थाल्यो । विस्तारै चलाउँदा समन नरम भाषामा मायालु पाराले मेरा बारेमा, परिवारका बारेमा, सहरको बसाइका बारेमा अनि पढाईका बारेमा सोध्दै जान्थ्यो । म पनि उसले भनेका सबै कुराको जवाफ दिँदै जान्थे ।

बाटोभरी म समनसँग बोल्न सकिन । डर पनि लागिरहेको थियो । अहिलेसम्म सँगै मर्ने र बाँच्ने भनेर बाचा कसम खाए पनि समनसँग ‘बिहे गरौं’ भनेर मैले भन्न सकिरहेको थिइन । नत समनले नै बिहे गरौं भनेर कहिल्यै भनेको थियो । तर, पनि मैले भन्नै पर्ने थियो । हाम्रो बाइक तराईको कुनै गाउँमा पुगेर रोकियो । हुस्सु लागिरहेको थियो । टाढा–टाढा केही पनि देखिदैनथ्यो । नजदिक आएपछि बल्ल मान्छे आएको रहेछ भनेर थाहा हुन्थ्यो । समनले बाइक रोक्यो ।

त्यसरी नै समनसँग ६ महिना बिते । कहिले फिल्म हेर्न गयौं । कहिले मठ मन्दिरमा धायौं । कहिले रमाइलो ठाउँमा घुम्न गयौं कहिले साथीकोमा बस्छु भनेर भाइलाई एक्लै छाडेर समनसँगै होटलमा गएर बसे । कलेजको परीक्षा आएको छ भनेर भाइलाई फकाएर साथीकोमा जान्छु भनेर म रातभरी समनकोमा गएर पनि बसे । समन पनि मलाई असाध्यै माया गर्दथ्यो । कतिपटक त रोएको थियो ‘म तिमी बिना बाँच्न सक्तिन सुमिता’ भनेर । साच्चै माया गरेको थियो, समनले ।

हुन त त्यतिबेलाको माया त्यस्तै हुन्थ्यो क्यारे । छिट्टै टुंगिने बाटो जस्तो । बाटो लामो छ होला, भन्दा भन्दै कतिछिटो गन्तव्यमा पुगिसकिने । लाग्थ्यो त्यस्तै थियो समनको र मेरो माया ।

समन र मेरा बारेमा कलेजमा पनि धेरै कुरा फैलियो । पहिले पोस्टकार्ड पठाउने र छक्काएर आँखा जुधाउने साथीहरुले पनि भन्थे रे, ‘हामी त गरिब, सुमिताले कहाँ हामीलाई आँखा लगाउँछे र, मोटरसाइकल वाला जो पाएकी छ’ साथीहरु यसै भन्ने गरेको सरिताले बताउने गर्थी । भन्थि, ‘सुमिता, तिमीलाई सबैले जिस्काउन थालेका छन् आजभोली कलेजमा ।’

आखिर बिहे गर्ने उमेर पनि त भएको छ नि, समनसँग माया गरे, अब बिहे पनि गर्छु । म आमा बुबालाई सम्झाउँछु अनि समनलाई घरमा माग्न आउँ भन्छु । मन यस्तै यस्तै सोच्थ्यो । समन विना एक्लै बस्न पनि मलाई गाह्रो भइसकेको थियो । समनमै मेरो संसार सजिएको छ । उ नै मेरो संसार हो भन्ने लाग्न थालेको थियो । अनि त समनलाई विहेकालागि एकपटक आग्रह गर्ने निर्णय गरे ।

अर्कोदिन बिहानै कलेज गए । समन पनि त्यहि थियो । मैले कलेज हाफ्ने निर्णय गरे । ‘समन आज कतै जाउँ न टाढा, तपाइसँग केही कुरा पनि गर्नुछ । समनले ‘हुन्छ’ भन्यो । हामी त्यहाँबाट हिड्यौ अलिपर गएर समनले बाइकमा पेट्रोल हाल्यो । अनि त हुइकियो हाम्रो बाइक सहरभन्दा भित्र । गाउँवस्ति तिर ।

शहरबाट झण्डै दुई घण्टा बाइकमा हिडेपछि हामी बिल्कुल गाउँतिर लाग्यौं । मंसिर पुसको महिना थियो । जाँडोको बेला । बिहाँनै हस्सु लागेको थियो । मैले निलो कुर्ता सुरुवालमाथि सल ओढेर त्यमाथि कालो स्वेटर लगाएकी थिए । समनले सेतो टिर्शटमाथि कालो बाक्लो जकेट र बाक्लो ट्राउजर लगाएको थियो ।


बाटोभरी म समनसँग बोल्न सकिन । डर पनि लागिरहेको थियो । अहिलेसम्म सँगै मर्ने र बाँच्ने भनेर बाचा कसम खाए पनि समनसँग ‘बिहे गरौं’ भनेर मैले भन्न सकिरहेको थिइन । नत समनले नै बिहे गरौं भनेर कहिल्यै भनेको थियो । तर, पनि मैले भन्नै पर्ने थियो । हाम्रो बाइक तराईको कुनै गाउँमा पुगेर रोकियो । हुस्सु लागिरहेको थियो । टाढा–टाढा केही पनि देखिदैनथ्यो । नजदिक आएपछि बल्ल मान्छे आएको रहेछ भनेर थाहा हुन्थ्यो । समनले बाइक रोक्यो ।

हामी नजिकैको सानो चिया पसलमा गएर बस्यौं । घरसँगै गोठ थियो । गोठमा ३–४ वटा गाईहरु थिए । गोठका छानोमा पाकेको फर्सीहरु लहरै सजाएर राखिएका थिए । साच्चै रमाइलो थियो गाउँले परिवेश । हुन त म त्यहि परिवेशबाट हुर्किएर आएकी थिए तर, पनि गाउँले परिवेश असाध्यै प्यारो लाग्थ्यो । सहरको रमझमले अझै पनि मन तान्न सकेको थिएन केवल सहरको केटा समन सिवाय । मनमनै सोचे ‘बिहे गरेर यतै आएर आनन्द अनि शान्त भएर तिमी र मात्र बसौं है समन ।’

मैले समनको कुरामा सहमति जनाए । सुमन पनि खुसी भयो । अनि भन्यो, ‘अँ कम्तिमा पनि ५० हजार त खर्च चाहिन्छ हामीलाई भागेर जान, म मेरो बाइक बेचिदिन्छु अनि खर्च बनाएर भागौं हैं भोली ।’ समनको यस्तो कुराले म पनि खुसी भए । जाने बेलामा अंगालोमा बेरेर समन बाइक लिएर हिड्यो । म पनि मनभरी सपना सजाउँदै कोठामा आए ।

समन कुन दुनियाँमा थियो । जतिखेर पनि मुसुक्क मुस्कुराउथ्यो । पसलेले चिया लिएर आयो । चिया खाँदै थियौं । बाहिर सरर पानी आयो । चिसो सिरेटो आयो । म समनको अझ नजदिक गएर बसें । समनले मेरो कपाल सहलाउन थाल्यो । अनि आँखा जुधाएर भन्यो ‘के भयो, किन यति नर्भसछ्यौ आज ?’ म समनको छातिमा टाउँको राखे । एकैछिनमा आँखा रसाएर आयो ।

‘समन आज एउटा कुरा भन्नु छ तपाईसँग ।’

भनन् के भन्न चाहान्छ्यौं ।

समन, हामीले बिहे गरौं न । तपाई मेरो घरमा आउनुस् माग्न, म आमा बुवालाई मनाउँछु ।

मेरो प्रस्ताव सुनेर एकछिन टोलायो समन । धेरैबेरपछि अंगालोमा बेस्सरी बेर्यो अनि म्वाइँ खाँदै भन्यो ‘हुन्छ । तर, केही समयपछि, ‘मैले पनि घरमा सोध्नुपर्छ ।’ मैले ‘हुन्छ’ भनेर टाउको हल्लाए । चियाको पैसा तिरेर हामी पुन ः फक्र्यौ आफ्नै गन्तव्यतिर ।

एवं रितले एक महिना बित्यो । समन जहिले पनि घरमा सोधेको छैन भन्थ्यो । म भने कहिले उसको बेहुली बनेर उसको घर जाउँ भन्ने पर्खाइमा बसेकी थिए । मनमा अनेक सपना सजिएका हुन्थे । छोरी मान्छेको मनमा एउटा पराई केटाको लागि जति सपना सजिन्छ त्यति सपना सायद केटाहरु सजाउँदैनन् जस्तो लाग्थ्यो । समन पनि त्यस्तै थियो ।

एकदिन समनले भन्यो, ‘सुमिता तिमी र म भागौं कतै टाढा ।’ जसरी पनि मलाई समनको हुनु थियो । भागेर या मागि बिवाह, जे गरेपनि उनको जीवनसाथी बन्नु थियो । आमाबाबालाई, बिहे गरेपछि फकाउँछु । पक्कै पनि शहरको केटा, राम्रो घर–परिवारको केटा, मलाई यतिधेरै माया गर्ने ज्वाँइ पाएर, आमा बुवा पक्कै खुसी हुनुहुनेछ । आमा बुबाको चाहना पनि त यहि हुन्छ, आफ्नो छोरीले राम्रो संस्कार, धन दौलत र राम्रो परिवार भएको केटा पावोस् भन्ने । ती कुरामा अहिलेसम्म समन फिट नै थियो ।

मैले समनको कुरामा सहमति जनाए । सुमन पनि खुसी भयो । अनि भन्यो, ‘अँ कम्तिमा पनि ५० हजार त खर्च चाहिन्छ हामीलाई भागेर जान, म मेरो बाइक बेचिदिन्छु अनि खर्च बनाएर भागौं हैं भोली ।’ समनको यस्तो कुराले म पनि खुसी भए । जाने बेलामा अंगालोमा बेरेर समन बाइक लिएर हिड्यो । म पनि मनभरी सपना सजाउँदै कोठामा आए ।

पुसको जाडो बिदा थियो । भाइ घर गएको थियो । म भने केही दिनमा आउँछु भनेर भाइसँगै घर खबर पठाएको थिए । त्यो रात कोठामा एक्लै बसे । रातभरी भागेर जाने कुरा मात्र खेल्यो मनमा । फोन भएको भए हजारपटक समनलाई सोध्थे होला ‘बाइक बिक्यो ?’ भोली समन आउने र सधैका लागि समनको भएर उसको घर जाने सपना सजाएर छट्पटिदै केही घण्टा निदाएँ ।

बिहान भयो । केही जोर कपडा झोलामा राखे । कोठामा बसेर पढेको, आमा बाबाका लागि सपना सजाएको, आमा बाबाको सपना पूरा गर्ने अठोट लिएको, भाइलाई पढाएर ठूलो मान्छे बनाउने जस्ता धेरै सपना एकाएक सम्झिए । समन आफ्नो मात्र नभएर परिवारको पनि सहारा बन्न सक्छ भन्ने भावनामा बहकिए । क्रंकिटकै भएपनि अहिलेसम्म आमाबाबाले जस्तै ओत दिएर साथ दिएको कोठालाई मायालु आँखाले हेरें । अनि विस्तारै कोठाको ढोका बन्द गरें, चापि लगाएर ढोकाको म्याटमुनि चापि राखेर झोला बोकेर हिँडे कलेजतिर । जहाँ समनको चिया पिउने ठाउँ थियो ।

बिहानको ७ बजे कलेज समयमै पुगेकी थिए । समन बिहानै आउने भनेको थियो । आइसकेको रहेनछ । आउला नि भन्दै चिया मगाए । चिया पिए । घरी–घरी चिया पसलबाट उठेर समनलाई बाटोतिर पो आउँदै छ कि भनेर हेरें । तर टाढा –टाढा सम्म पनि समन आएको देखिएन । दिनको १ बजिसक्यो । फोन गर्नका लागि फोन थिएन । भोक लाग्यो । चिया पसेलेलाई रारा चाउ–चाउ बनाउन लगाएर खाए । अह समन आएन । २ बज्यो, ३ बज्यो, ४ बज्यो प्रत्येक घण्टा वर्षजस्ता लाग्यो समनलाई कुर्दा तर, समन आएन । एवं रितले रातको ८ बजेसम्म पनि कुरे समन आएन । अब त समनसँग छुटेको झण्डै २४ घण्टा बित्यो । तर ‘सुमिता’ भन्दै समन आएन । बाइक बेच्न गएको समन त्यसपछि कहिल्यै आएन ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…