back

प्रतिभाले जितिन् मिस टिन २०१९ को उपाधि

वि.सं.२०७६ भदौ ८ आइतवार

270 

shares
NTC AD
Global IME AD

८ भदौ,सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी)राईले मिस टिन २०१९ कोे उपाधि जितेकी छिन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी छिन् ।

प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ ।

सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौँको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् । राईले उपाधि जितेसँगै सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिएकी छिन् ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिएकी छिन् ।

प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् भने आमा दुर्गालक्ष्मी राई शिक्षक छिन् । रासस

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु

बनियानी (झापा) । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई...

डढेलोले खोटाङमा तेह्र घर खरानी

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१...

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

डढेलो निभाउने क्रममा वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर...

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

हत्या अभियोगमा फरार रहेका तामाङ १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि...

नेचासल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

नेचासल्यानको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ देउपुजेको जङ्गलमा लागेको डढेलो...

जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

जीप र मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

भद्रपुर (झापा) । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक...