Sansar News- Nepal's Fast Khabar Online News Portal

अंगिकृत नागरिकता प्राप्त गर्नका लागि विश्वमै सजिलो नेपाल

संसार न्यूज़
४ वर्ष पहिले

PUSPA-THAPA
विश्वमा सबै भन्दा सजिलै अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने देश नेपाल पहिलो स्थानमा रहेको नागरिकताको तथ्यकबाट स्पष्ट देखाउछ। बिबाह गरेको भोलि पल्टनै बिदेशी चिलिले नेपाली नागरिकता निवेदन दिएर नेपाली अंगिकृत नागरिकसित नेपाली बुहारी बन्न सक्ने ब्यबस्था नेपालको संबिधान २०७२ ले गरेको छ। तर नेपाली चेलीले विदेशसित बिबाह गरेर ल्याएको ज्वाईलाई भने १५ बर्ष सम्म नेपालमा लगातार बस्नु पर्ने ब्यबस्था एक दमै पूर्वाग्राही रहेको देखिन्छ।

युरोपमा खासगरी जर्मनीमा जर्मन नागरिक हुन बिदेशी व्यक्तिलाई जर्मनसित बिबाह गरे पनि धेरै प्रब्धानहरु पुरा गर्नु पर्दछ। जर्मन युवती वा युवकसित सरकारी कार्यालयमा बिबाह गर्ने चलन रहेकोले बिबाह पछि सबै सेवा सुबिधा सहित पहिला १ बर्ष भिसा दिए पछि अर्को पटक २ बर्षको भिसा सकिए पछि जर्मनीमा लागातार ३ बर्ष संगै रहेने गरी जर्मन भाषा साधारण लेख्न र बोल्न सक्ने ६४० घण्टा जर्मन भाषाको सिकेको क्लास र जर्मनिको सामाजिक,राजनीतिक, सांस्कृति, प्राकृतिक र ऐतिहासिक साधारण ज्ञान भएको शैक्षिक प्रमाण पेश गरे पछि पनि जर्मन प्रहरीले प्रहरी क्लिन रिपोर्ट दिए पछि मात्र विदेश मन्त्रालयको अध्यागन विभागले सधै भरीको लागि भिसा दिने गर्दछ।

सधै भरिको भिसा प्राप्त गरी सके पछि मात्र जर्मन नागरिकताको लागी आवेदन गर्न सकिनेछ। आवेदन फारम संगै आफ्नो काम र घरको बिष्तृत विवरण सहित दिए पछि जर्मनीमा रहदा कुनै अपराध गरेको नगरेको प्रहरीबाट सबै बिष्तृत विवरण पछि र सम्बन्धित देशको दुताबासबाट जन्म देशको नागरिकता छोडेको लेखित प्रमाण पत्र लिए पछि मात्र नागरिकताको प्रोसेस अगाडी बढछ। नागरिकता प्राप्त गर्ने दिन सम्बन्धित सहरको उपमेहरले आफ्नो देशका नया नागरिक बन्न गहिरहेकाहरुलाई बिदेशी मुलका नागरिकको स्वगतमा देशको संबिधानको बारेमा आधार भुत अधिकारको छोटकरीमा जानकारी दिदै सपथ ग्रहण गरादछन। जर्मनीको नागरिक भईसके पछि संबिधानको एउटा पुस्तक र जर्मन नागरिक भएको प्रमाण पत्र दिने गर्दछन।

नया जर्मन नागरिक बनेका सबै बिदेशी मुलका जर्मन नागरिकसित साथमा साम्पियन पिएर खुसी मनाउदै छुट्टिने गर्दछन। उपमेहरले दिएको जर्मन भएको प्रमाण पत्र लिएर टाउन हालमा गएर जर्मन नागरिकता र जर्मन राहदानीको लागी एकै पटक आवश्यक दस्तुर तिरेर निवेदन गर्न सकिने व्यवस्था जर्मनीमा छ। नेपालमा बिना व्यस्थापन गरी वितरण गरिने नेपाली नागरिकताले एकदिन पक्का पनि बंशज नाताले प्राप्त गर्ने नेपाली नागरिक अल्पमतमा हुने र अंगिकृत नागरिकता प्राप्त गर्ने नागरिकहरु सख्या धेरै हुने सम्भावना स्पष्ट देखिन्छ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ५ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ३ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…