back

हेर्नुहोस् त यति धेरै फाइदा हुँदोरहेछ रुँदा !

वि.सं.२०७६ भदौ ११ बुधवार

225 

shares
NTC AD
Global IME AD

स्वास्थ्यको लागि हाँस्दा जति फाइदा हुन्छ रुँदा पनि त्यति नै फाइदा हुने स्वास्थ्य विज्ञ बताउँछन् । सामान्यतया हामीले हाँस्दा मात्र स्वास्थ्यको लागि फाइदा हुन्छ भन्ने गरिन्छ तर रुँदा पनि मनमा भएका पीडा आँसुसँगै बगेर हलुकापनको आभास मात्र गराउँदैन स्वास्थ्यमा पनि फाइदा पुग्ने बताइन्छ ।

मनोचिकित्सकहरु पनि कहिलेकाही रुँदा स्वास्थ्यलाई असर नगर्ने बरु रुने व्यक्तिले आफूलाई तनावमुक्त र हलुका महशुस गर्ने बताउँछन् । जब हामीलार्ई कसैले आघात पुराउँछ , मन दुख्छ अनि हाम्रो आँखाबाट आँसु झरिहाल्छ । र यसरी आँखाबाट आँसु झर्दा मानिस तनावमुक्त हुने गर्दछ । यदि तनावमा हुँदा , मनमा आघात पुग्दा आँसु झर्दैन भने त्यो व्यक्ति शारीरिक र मानसिक रुपले अस्वस्थ हुने गरेको मनोबैज्ञानिकहरु बताउँछन् ।

रुँदा आँखाबाट झरेको आँसुले आँखाका विकारयुक्त पदार्थलाई बाहिर निकाल्दछ र आँखालाई रसिलो पार्छ ।

त्यस्तै जापानस्थित मेडिकल युनिभर्सिटी अफ औहियोका शोधकर्ताहरुले गरेको अध्ययनले अधिक रुँदा मानिसले अत्याधिक हल्का र ताजापन महसुस गने बताइएको छ ।

उक्त अध्ययनका क्रममा मानिसले रोएपछि ८८ दशमलव ८ प्रतिशत हल्का महसुस गरेका थिए । पुरुषहरुभन्दा महिलाहरु बढी रुने गरेको पनि विभिन्न अध्ययनहरुको तथ्याङ्क रहेको छ ।

के के फाइदा हुन्छ त रुँदा –

आँखाको ज्योति बढ्छ
आँखामा आँसु आउनाले आँखाको नानी र परेलीको रसिलोपन बढ्छ । बैज्ञानिकहरुले यसलाई सिद्ध गरेका छन् कि रुने मानिसको आँखाको सुन्दरता पनि बढ्छ ।

तनाब कम गर्छ
विभिन्न अध्ययनअनुसार रुदा रिस पनि कम हुन्छ । अध्ययनले भन्छ,-रोएपछि महिलामा करिब ८५ प्रतिशत र पुरुषमा ७३ प्रतिशत रिस कम हुने गर्दछ ।

विभिन्न रोगहरुबाट पनि बचाउँछ

रुँदाखेरी मानिस विभिन्न प्रकारका संक्रमण हुनबाट बच्ने र रोगहरुले पनिे कम आक्रमण गर्ने मनोविज्ञहरु बताउँछन् ।

रुँदा मोटोपन घट्ने
रुँदा मानिसको तौल पनि घट्ने गरेको अध्ययनले बताएको छ ।रुँदाखेरी कोर्टिसोन नामक हर्मोन निस्कन्छ । यो हर्माेन बढ्दा तौल घट्छ । रुँदा आँसुसँगै बिकार पदार्थ पनि बाहिर निस्कन्छ । यही विकार पदार्थले नै मानिसको तौल बढाउने गर्दछ ।

वि.सं.२०७६ भदौ ११ बुधवार ११:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...