back

व्यंग्य: नबुझ्नु गाह्रो बुझ्यो झन धेरै गाह्रो

वि.सं.२०७६ भदौ १४ शनिवार

165 

shares
NTC AD
Global IME AD

काम गर्नका लागि पहिला त काम कस्तो हो ? कसरी गर्ने ? भन्ने बुझनु पर्छ । नबुझिएको काम गर्न गाह्रो हुन्छ । तर कतिपय काम कस्ता ओल्ठ्याङ्गे हुन्छन नबुझ्दा गाह्रो त हुन्छ नै बुझ्दा झनै गाह्रो हुन्छ । यसो हेर्दा बुझे बुझे जस्तो लागेको काम गर्न खोज्यो त्यै कामले मुख बाँङ्गो हुन्छ । बाँङ्गो भएको मुख सोझ्याउन बढो मुस्किल । झण्डै झण्डै ल्पास्टिक सर्जन नै खोज्नु पर्छ । बल्ल बल्ल बाँङ्गिएको मुख सोज्यायो फेरी कुनै न कुनै काम अलिकति विपरित भएजस्तो लाग्यो कि त उस्ताको उस्तै बाँङ्गो भै हाल्छ ।

अरु उत्कृस्टिएका कामदारहरुले कसरी काम गर्छन होला । तिनीहरु त इसारामै काम तमाम गर्छन । यसो आँखा सनक्क हुन पाएको हुदैन अगि काम फत्ते भैसकेको हुन्छ । हुन त यो सब कुरा अपजस पनि हो कोही कोहीले जति राम्रो काम गरेपनि जस पाउँदैनन् किनकी तिनीहरु जन्मजातै अपजसे हुन्छन । यस्तो जन्मजात अपजसे हुनु भनेको कर्म विग्रिएको हो । अपजसले विग्रिएको कर्म सपार्न जति प्रयत्न गरेपनि सकिदैन । जस पाउनेले कामै नगरी पनि पाउँछन । बरु कुरौटेले जस पाउँछन कुरा गरेको भरमा । यस्तै खाले अपजसेमा म पनि परेको छु । आफू कति न साखिलो हुन खोज्छु तर साखिलो त होईन झ्याँकिलोमा पर्छु र साफसंग झ्याँकिन्छु । सायद साढे सातको दशा सिरमा मडारिएको होला मेरो । यो दशा लाग्यो भने उत्पात हुन्छ भन्थे जान्नेसुन्नेहरु हो कि के हो जस्तो भएको छ । मलाई फेरी काम गर्न यति धेरै मनलाग्छ कि कुरा नगरौं, काम बेगर एकछिन बस्न मन लाग्दैन । बिना काम बस्नु भनेको समयलाई व्यर्थ खेर फालेको हो भन्ने मान्यता बोकेको म काम त गर्छु तर खै के खै के जस्तो रिजल्ट कहिल्यै सकारात्मक आउँदैन । जाबो सकारात्क रिजल्ट नै नआएको काम खै के गरें भनेर फुर्ति लगाउनु ।

आफ्नाले बर्षौ देखि गरिल्याएको काम अर्को बाठो भएर आफ्नै अगाडि खुसुखुसु गर्न तम्सिए पछि माँ कसम आफूलाई चित्त त बुझ्दै बुझ्दैन । झनक्क भएर सनक्क सन्किहालिन्छ अनि पुग्यो कमिलालाई भारी । कमिलालाई भारी बोक्न सघाउन सकिने कुरा पनि भएन । मान्छे यति सारो स्वार्थी हुन थाले कि आफुले केहि गर्न प¥यो भने मम् जस्तै नरम हुने अनि आफ्नो काम निप्टिएपछि हड्डी झै साह्रो हुने क्या गजब । कुनबेला सहि हो कुनबेला गलत छुट्याउनै नसकिने । यो चाहिँ सहि होला भनेर ग¥यो परिणाम त्यसैको गलत आउँछ । यो गलत होला भनेर नग¥यो ठाउँ को ठाउँ पछुतो लाग्छ । गरे पनि पछुतो नगरे नि पछुतो । यस्तो जावो काम के गराई भयो त ? नबुझ्नु गाह्रो बुझ्यो झन धेरै गाह्रो ।


मितिः २०७६।५।५

वि.सं.२०७६ भदौ १४ शनिवार ११:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...