Sansar News- Nepal's Fast Khabar Online news portal

गणेश भगवानको दर्शन गरेर हेर्नुहोस् तपाईको आजको राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
गणेश भगवानको दर्शन गरेर हेर्नुहोस् तपाईको आजको राशिफल

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ ।

तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।

बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ । तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ । सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ । तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द

रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । सामाजिक वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । लगनशीलताले उत्साह जगाउनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला ।

भदौ १७ (२०१९ सेप्टेम्बर ३)

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…