Sansar News- Nepal's Fast Khabar Online news portal

आज बुधबार गढीमाई माताको दर्शन गरी जान्नुहोस् तपाईको आजको राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
आज बुधबार गढीमाई माताको दर्शन गरी जान्नुहोस् तपाईको आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ । व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य भेटिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएका काम योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा हुने सम्भावना छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो समय छ । चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । मिहिनेतले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ । नतिजाले उत्साह जगाउनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार हुनेछ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । छर-छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ । अध्ययनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ ।

२०७६ भदौ १८ गते बुधबार
उपप्रा, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…