Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाली चेली कन्चन व्हाइट हाउसमा मनोनित

संसार न्यूज़
४ वर्ष पहिले
नेपाली चेली कन्चन व्हाइट हाउसमा मनोनित

kanchan 6

वाशिंगटन डिसी। नेपाल पाटन घर भएकी हाल अमेरिकामा अध्ययनरत नेपाली चेली कन्चन अमात्यले अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन ।

उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न छनौट गरिएको हो । अमेरिकन संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनले यस्तो जिम्मेबार पाएकी हुन् ।

सानै उमेर देखि नै सफलताको खुट्किलो चढ्दै निरन्तर रुपमा कदम माथि कदम अगाडी बढाउदै गरेकी अमात्य काठमाडौँ सेन्ट मेरिज पढाई पश्च्यात नर्बेमा युनाईटेड वल्र्ड कलेज नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यम बाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाईन् ।

मेधावी छात्र भएकै कारण हाल ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक (अन्डर ग्रजुएट) तहमा अध्ययनरत छन् ।
“ यस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थामा काम गर्ने मौका पाउदा अवसर नगुमाउन पनि कन्चनले बताइन् ।
कन्चन भन्छिन आफूलाई एसियाको वृद्धि तथा विकासमा पुनः परिभाषित गर्न निकै अभिरुचि भएको बताइन् । उनले अगाडी भनिन यस्ता मानव परोपकार तथा मानव समुदायको लागि सेवा गर्ने अवसर पाएकोमा आफु गदगद भएको बताईन ।kanchan1

अमेरिका जस्तो देशमा अमेरिकन संसद प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसमा समेत नेपालको युवा तथा बालबालिकाको हितको लागि काम गर्ने सुनौलो अवसर पाएकोमा आफु निकै उत्साहित भएको बताइन िउनले थप गर्दै भनिन यस्ले सारा नेपाल र नेपालीको शिर उच्च मात्र नभई युवावर्गलाई उत्प्रेरणा समेत हुने आफुलाई लागेको बताइन ।

विश्व ब्यापी रुपमा बालबालिकालाई समान तथा गुणात्मक शिक्षा उपलब्ध गराउन अमेरिकन प्रतिनिधि सभा तथा अमेरिकन कांग्रेसको माध्यमबाट नीति निर्माणको लागि सफल प्रयास गराउनु हो। विश्वमा करौडौ युवा तथा बालबालिका पाठशाला जान नसकेको अवस्था छ कन्चन अमात्यले भनिन । यस विश्वका कुनै पनि कुनामा रहेका सबैले समान तथा गुणात्मक शिक्षा पाउन भन्ने आफ्नो चाहना रहेको बताइन् ।

अमेरिकन कांग्रेसद्वारा शिक्षा सबैको लागि (एजुकेसन फरअल बिल) एचआर ४४८१ तथा शरणार्थी शिक्षा बिल (रिफ्युजी एजुकेसन बिल) को लागि पारित गराउन पुरा कोसिस गर्नु हाम्रो मूल कर्तब्य रहेको अमात्यले भनिन् । यसै गरि उनले गत बर्ष गल्र्स काउन्ट एक्ट २०१५ युएस कांग्रेस बाट पारित गराउन ठुलो मदत गरिन जुन अहिले अमेरिकाको कानुन भएको छ ।

यो कानुनले नेपाल जस्तो देशलाई यस्ले सुनिस्चित गराउने कन्चनले बताइन् । अमात्य क्लिन्टन फाउन्डेसनको परियोजनाको दीर्घकालिक माछा पालन कृषि फारमकि सहसंस्थापक हुन भने सयुक्त राष्ट्र संघमा युवा तथा बालबालिकाको पक्षमा सहभागिता समेत जनाएकी छिन् । उनले गरेको मानव सेवाको लागि उनलाई बिल क्लिन्टन फाउन्डेसनले पुरस्कृत समेत गरेको छ ।

यसै गरि राष्ट्रपति भवनमा व्हाइट हाउस को कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा वक्ताको रुपमा प्रस्तुति समेत गरि सकेकी छिन् । राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गर्ने सबै भन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने यस अगाडी उनले सयुक्त राष्ट्र संघको साधारण सभामा वक्ता बनेर झन्डै पैतिस लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकि छिन्।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेनुस इकोनोमिक इम्पावर मेन्ट ,सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण ,युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपाल कि अन्तर राष्ट्रिय निर्देशक ,रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो ,ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी)  सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार ,नेपाल ,शान्ति एज्नेट ,बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरि सकेकी छिन् ।

विश्व समुदायको सेवाको लागि उनि संसार भरका बिभिन्न देशका भ्रमणमा व्यस्त भै रहने उनले बताएकी छिन् । पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कन्चन भर्खर किशोरावस्था पार गरेकी छिन्

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १५ घण्टा पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…