Sansar News- Nepal's Fast Khabar Online News Portal

क्यामरुनका सेना मध्यअफ्रिकी गणतन्त्र पठाइए

सिन्ह्वा
५ महिना पहिले

१८ भदौ, याउन्डे । अफ्रिकी मुलुक क्यामरुनले युद्धग्रस्त मध्यअफ्रिकी गणतन्त्र (सिएआर)मा राष्ट्रसंघीय शान्ति सैनिकको रुपमा छैटौं सैन्यदल पठाएको छ । स्थानीय नागरिकको सुरक्षाका लागि ती सैनिक पठाइएका हुन् ।

क्यामरुनको राजधानी याउन्डेमा आयोजित समारोहमा सम्बोधन गर्दै रक्षामन्त्री जोसेफ बेटी अस्सोमोले सिएआरमा शान्ति स्थापनाका लागि क्यामरुनका सैनिकले निर्वाह गर्न सक्ने भूमिकाका बारेमा निर्देशन दिए ।

मन्त्री अस्सोमोले वर्षौंदेखि युद्धमा होमिएको मध्यअफ्रिकी गणतन्त्रका तहसनहस भएका संस्थाहरुलाई सही ठाउँमा ल्याउन अत्यावश्यक रहेको चर्चा गर्दै क्यामरुनले अन्तर्राष्ट्रिय प्रतिबद्धता बमोजिम केही वर्षदेखि नियमित रुपमा सेना पठाइरहेको बताए ।

उनले मानव अधिकारलाई उच्च प्राथमिकता दिई निष्पक्षतापूर्वक सेवा गर्न सैनिक जवानहरु समक्ष आग्रह गरे ।

क्यामरुनको रक्षा मन्त्रालयका अनुसार पछिल्लो पटक ७५० जना सैनिक र ३५० जना कर्मचारी राष्ट्रसंघीय मिसनमा सहभागी हुँदैछन् ।

मध्यअफ्रिकी गणतन्त्रमा नागरिक सुरक्षाका निम्ति मिनुस्काको गठन सन् २०१४ मा भएको थियो । सशस्त्र समूह सेलेकाले हिंसात्मक द्वन्द्वका आधारमा मध्य अफ्रिकी गणतन्त्रको सत्ता हत्याएपछि सन् २०१३ यता हिंसात्मक द्वन्द्व शुरु भएको छ ।

सर्बाधिक पढिएको

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ?

अहिलेसम्मकै दुर्लभ ग्रहण भोली लाग्दै, ग्रहण लाग्दा कुन राशिलाई कस्तो असर पर्छ त ? ४ हप्ता पहिले | संसार न्यूज़

९ पुस, काठमाडौँ । बिहीबार बिहान करिब पौने ३ घण्टा…

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ३ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू

कक्षा व्यवस्थापनका विविध अभ्यासहरू ४ हप्ता पहिले | संसार न्यूज़

१. पृष्ठभूमि व्यवस्थापनलाई उपयुक्त तवरले मिलाइएको चाँजोपाँजो वा राम्रो तवरले…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…