Sansar News- Nepal's Fast Khabar Online News Portal

नागरिक उड्डयन प्राधिकरणले माग्यो निम्न पदमा कर्मचारी, दिने होइन त आवेदन ?

संसार न्यूज़
५ महिना पहिले
नागरिक उड्डयन प्राधिकरणले माग्यो निम्न पदमा कर्मचारी, दिने होइन त आवेदन ?


१८ भाद्र, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा ६८ कर्मचारीको माग गरेको छ ।

प्राधिकरणले प्राविधिक समूह अन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको बरिष्ठ अधिकृतमा ३८ जना र एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदको लागि ३० जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

एयर ट्राफिक सर्भिसेसको सातौँ तहको वरिष्ट अधिकृत पदका लागि विज्ञान वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको र मान्यता प्रास संस्थाबाट कम्तिमा ६ महिनाको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम प्राप्त गरेको हुनुपर्ने र एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको साथै अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ईच्छुक व्यक्तिले आफ्नो नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र र आफूले प्राप्त गरेको आधारभूत तालीमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गरिसक्नुपर्ने जनाइएको छ ।

सातौं सहका लागि २१ वर्ष पूरा भई ३५ ननाघेको र चौथो तहका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष (महिलाको हकमा ४० वर्ष ननाघेका) नेपाली नागरिकले आवेदन दिन सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ६ दिन पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु

छायाँमा परेका प्रचण्डका यी सहयात्रीहरु ३ हप्ता पहिले | संसार न्यूज़

लामो समयदेखि प्रचण्डपथीय राजनीतिमा क्रियाशील केही नेता तथा राजनैतिक व्यक्तित्वहरु…

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका

त्रिविले प्रकाशित गर्याे अर्काे परीक्षा तालिका १ हप्ता पहिले | संसार न्यूज़

३ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले…

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन

यस्तो छ, शिक्षक सेवा आयोग नियमावली २०५७ को ‘दशौं’ संशोधन ४ दिन पहिले | संसार न्यूज़

माघ, काठमाडौँ । शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौ…