Sansar News- Nepal's Fast Khabar Online News Portal

मार्ने उदेश्यले सेतीमा फालेका गाईको उद्धार

संसार न्यूज़
६ महिना पहिले
मार्ने उदेश्यले सेतीमा फालेका गाईको उद्धार


१८ भाद्र, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ ।

सेती नदीको चट्टानमा कसैले फालेर फसिरहेका गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मङ्गलबार साँझ उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, “नदीको चट्टानमा फालिएका गाईको उद्धार गरिएको छ, सडकमा छोडिएका गाई जानीजानी उक्त भिरमा धकेलेको जस्तो छ, फाल्नेलाई कारवाही गर्न आदेश दिएको छु ।”

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको दिपायलमा रहेको ३६ नम्बर गणको टोली तथा स्थानीयवासीसहितको टोलीले गाईको सकुशल उद्धार गरेको थियो । त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाई ब्याउने अवस्थाका रहेको उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेलले बताए। उनले भने, “केही गाई दूध दिनेजस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो अचम्म छ ।” डोटी दिपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडारूपमा छाडिएका गाई जम्मा गरेर कसैले राति बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गाई कसरी बगेका हुन् भन्नेबारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए । उनले भने, “राम्रा गाईहरु भिरमा खसालेका छन्, कसले खसाले छ खोजी गर्दैछौँ ।”

उद्धार गरिएका गाईलाई दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । यसभन्दा अगाडि पनि सोही ठाउँमा सात वटा गाई फालिएको थियो । फालिएका ती गाईको पनि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए । गाईलाई कसले त्यहाँ फालेको हो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन । (रासस)

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) २ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…