Sansar News- Nepal's Fast Khabar Online news portal

तपाईलाई रिस उठ्छ ? त्यसो भए यसो गर्नुहोस्

संसार न्यूज़
२ हप्ता पहिले
तपाईलाई रिस उठ्छ  ? त्यसो भए यसो गर्नुहोस्

रिस एउटा मानविय संवेग हो । भनिन्छ रिसले आफैलाई जलाउँछ । प्रायः स–साना कुराहरुलाई लिएर पनि मानिसहरु रिसाउने गर्दछन् ।

प्राय सबैलाई रिस उठ्ने गर्दछ तर कतिपय रिस व्यक्तिले नियन्त्रण गर्न सक्दैन र यसले भयावह रुप लिने गरेको पनि पाइन्छ ।

रिसलाई नियन्त्रण गर्न सकेको खण्डमा मात्र पनि हामीलाई सहज जीवनयापनमा सहयोग गर्दछ ।
मनोविज्ञहरुका अनुसार रिसाउने मानिसहरुमा बढी रोगहरुले पनि आक्रमण गर्दछ भने स्मरणशक्ति पनि कमजोर हुने गर्दछ ।


यसरी गर्न सकिन्छ रिसलाई नियन्त्रण
लामो सास फेरेर १ देखि १०० सम्म गन्नुहोस् । गन्दै जाँदा तपाईको रिस पनि मर्दै जान्छ ।

हिँड्ने बानी गर्नुहोस्
व्यायामले नसाहरुलाई संयमित पार्नुको साथै रिसलाई पनि कम गर्दछ । हिड्नुहोस्, केही खेलहरु खेल्नुहोस् आफ्नो अङ्गहरुलाई सक्रिय बनाइराख्नुहोस् । त्यसले पनि तपाईको रिस शान्त पार्दछ ।

आफूलाई मन पर्ने गीत सुन्नुहोस्

संगीत दुख अनि सुखको साथि पनि हो । मनपर्ने गीतले तपाईको मुड फे्रस हुन्छ । तपाई फे्रस हुनुभयो भने रिस आफैँ मर्छ ।

चुप लागिदिनुस्
रिस उठेको बेला मान्छेले जथाभाबी बोल्नसक्छ । रिसलाई नियन्त्रण गर्ने सबैभन्दा ठूलो उपाय भनेको नै चुप बस्नु हो । विस्तारै रिस नियन्त्रण हुन्छ ।

सकारात्मक सोच मात्र लिनुस्

जब कुनै कुराले रिस उठ्छ त्यो कुरा वा व्यक्तिलाई सकारात्मक मात्र लिनुस् उसको राम्रा पक्ष र राम्रा बानीको स्मरण गर्नुस् । यसले पनि रिस नियन्त्रणम आउँछ ।

आफूलाई एक्लै छोडिदिनुस्

आफूलाई समय दिनुहोस् अरु भन्दा बेग्लै बस्नुहोस् । यतिबेला सम्म रिस शान्त भएर सामान्य अवस्थामा फर्किसक्नुहुन्छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…