Sansar News- Nepal's Fast Khabar Online news portal

आज शनिवार, शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
आज शनिवार, शनि भगवानको दर्शन गरेर जान्नुहोस् तपाईको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन ्। तापनि प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । आन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला । रोकिएका काममा दोहार्याएर प्रयत्न गर्नुपर्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्ब हुन सक्छ । अरूको भरपर्दा लाभ उठाउन नसकिएला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय दिन नसकिए पनि अध्ययनको नतिजा राम्रो आउनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएरै प्रतिस्पर्धामा विजयी भइनेछ । दिगो काम प्रारम्भ हुनुका साथै मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन् । नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ । छोटो समयमा पनि केही प्रतिफल पाइनेछ । तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ । धेरै मिहिनेतले मात्र चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ । सम्पादित कामबाट थोरै भए पनि धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यक्तित्व र बोलीको प्रभाव कमजोर हुने हुँदा धेरैले बेवास्ता गर्न सक्छन ्।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ । पछिका लागि जग बसाउने समय छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन ्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने समय रहेकाले चनाखो रहनुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । तर केही विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । सुरुमा आलस्यपूर्वक साँचेको काम गर्ने मौका नआउन सक्छ ।

वि.सं. २०७६ भदौ २१ शनिबार (इ.स. २०१९ सेप्टेम्बर ७) उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…