मेरो मनको आगनीबाट
एउटा जून
पिल्पिलाएको देख्छु
र
इसाराले तुँवालोलाई पञ्छाएर
सपना सँगै उधारोमा
साटेर ल्याउँछु
र
भन्छु
तस्विर जहाँ भए पनि
भावहरु अंगालो भरी
एउटा समय बोक्ने
घडी भएर
जीवनको किनारै किनार
हिँडिरहेको हुन्छ
बिहानी र कालरात्रीको
स्मारक भएर
जीवनको खण्ड खण्डमा
सल्किएको आगो
निभाउँने दम्कल भएर
आफैँ
बे नियन्त्रित
बेहिसाब
पहाड फोरेर
क्षितिज पारिबाट
यौटा पिल्पिलाउँदो
जून
उज्यालो छर्दै आउँछ
मेरो मनको आँगनीमा
सुस्त–सुस्त ।।
वि.सं.२०७६ भदौ २१ शनिवार ०८:५८ मा प्रकाशित