Sansar News- Nepal's Fast Khabar Online news portal

आज आइतबार भगवान सूर्यको दर्शन गरी जान्नुहोस् (भदौ २२ )गतेको तपाईको राशिफल

संसार न्यूज़
२ हप्ता पहिले
आज आइतबार भगवान सूर्यको दर्शन गरी जान्नुहोस्  (भदौ २२ )गतेको तपाईको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ। बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। तापनि, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अप्ठ्यारो स्थितिमा केही काम सम्पादन हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् तर साइनो गाँस्नेहरूले समस्या निम्त्याउन सक्छन् ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काममा बाधा पुग्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। तर सहयोगीको भरपर्दा काम बिग्रन सक्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा राम्रो फाइदा हुनेछ ।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ । व्यापार–व्यवसायमा फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ । दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

२०७६ साल भदौ २२ गते आइतबार
उपप्रा, लक्ष्मीप्रसाद बराल –फलितज्योतिषाचार्य) ९८४१३५२१६४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…