Sansar News- Nepal's Fast Khabar Online news portal

आजको शेयर बजार दोहोरो अङ्कले घट्यो, कसले कति गुमाए त ?

संसार न्यूज़
७ दिन पहिले
आजको शेयर बजार दोहोरो अङ्कले घट्यो, कसले कति गुमाए त ?


२२ भाद्र, काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएक कूल ११ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत् १२.९२, वित्त ०.२९, निर्जीवन बीमा १०२.२९, उत्पादन १२.५९, अन्य ७.१५, लघुवित्त ७.५, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक रु एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक रु ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट रु ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५.२६, राधी विद्युत् कम्पनी ४.४४, सानिमा इक्विटी फण्ड २.९८, गुडविल फाइनान्स २.२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ८.४९, युनिभर्सल पावर कम्पनी ८.२३, सिन्धु विकास बैंक ७.४०, नेशनल लाइफ इन्सुरेन्स ६.८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…