back

एसिड आक्रमणबारे संसदमा उठ्यो आवाज, मृत्युदण्डको सजाय माग

वि.सं.२०७६ भदौ २२ आइतवार

231 

shares
NTC AD
Global IME AD

२२ भदौ, काठमाण्डौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा एसिड आक्रमणबारे आवाज उठेको छ । संसदको शन्य समयमा बोल्दै सांदहरुको एसिड आक्रमण गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै मृत्युदण्डको माग गरिएको छ ।

वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथि शुक्रबार एसिड आक्रमण भएपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा यससम्बन्धी बहस सुरु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैयाकी खातुनमाथि शुक्रबार विहान स्कुल जाँदै गर्दा स्थानीय दुई युवाद्धारा एसिड आक्रमण भएको थियो । उनको हाल किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसैविषयलाई लिएर प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सांसद जुली कुमारी महतोले यस विषयलाई प्रवेश गराएकी थिइन् । उनले एसिड आक्रमणबाट पीडित भएकी खातुनको अवस्था नाजुक रहेको बताउँदै महिलाको सुरक्षाको लागि कडा कानुन ल्याउन आवस्यक रहेको बताएकी थिइन् । महतोले प्रदेश २ मा छोरीमाथि एसिड आक्रमणका घटना धेरै पटक भएकाले रोक्नका लागि कडा कदम चाल्नुपर्ने बताइन् ।

‘प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ भन्ने अभियानलाई जोडतोडले लागु गरेको छ । बेटी नै बाँचेनन् भने, बेटी जोगाउ, बेटी पढाउ अभियानको औचित्य नै हुनेछैन ।’ उनले भनिन् ।
त्यसैगरी सांसद दिल कुमारीले पनि महिलामाथि बलात्कार तथा एसिड आक्रमणका घटना बढिरहेको बताइन् । साथै सांसद् नरमाया ढकालले एसिड आक्रमणको भत्र्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गरेकी थिइन् ।

सांसद् पार्वता डिसी चौधरीले एसिड आक्रमण अत्यन्त कारुणिक र दर्दनाक घटना भएको भन्दै दोष्ीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताइन् । उनले खातुनको अवस्था गम्भीर रहेको र राज्यले सम्पूर्ण खर्च बेहुनुपर्ने भन्दै यो घटनाले काठमाण्डौंको बसन्तपुरमा चारवर्षअगाडि दुई युवतीमाथि भएको एसिड आक्रमणको स्मरण गराएको बताइन् । ‘कारबाही गर्ने कानुन फितलो भएकोले पनि अपराधिहरुले आफ्नो दोष प्रकट गर्ने सजिलो उपाय मानेर एसिड प्रहार गर्छन् ।’ उनले भनिन् ।

सांसद पुष्प कुमारी कर्ण कायस्थले पनि सोहि घटनाबारे संसदको ध्यानाकर्षण गराउँदै अमानविय र अति निर्मम रुपमा एसिड आक्रमण भएका भन्दै घटनाको भत्र्सना गरिन् । ‘यस्तो अपराध गर्ने व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि मृत्युदण्डको सजाय दिइनुपर्दछ यसमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ कायस्थले भनिन् ।

सांसद पार्वती कुमार विशुंखेले एसिड आक्रमणको भत्र्सना गर्दै खातुनको निःशुल्क स्वास्थ्पचारका लागि संघीय सरकारको ध्यानाकर्षण गराइन् । उनले यस्ता घटना पुन ः नदोहोरिउन भन्दै दोषीलाई कडा कारबाही गर्न माग समेत गरेकी थिइन् ।

सांसद प्रमिला राईले पनि दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै खातुनको निःशुल्क उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

त्यस्तै सांसद एकवाल मियाले पनि एसिड आक्रमणको घटनामाथि संसदको ध्यानाकष्र्षण गराउँदै घरबाट निस्किएका छोरी शकुसल घर फर्किन्छन की फर्किन्नन् भन्नेमा अभिवाक चिन्तामा रहेको बताउँदै मुस्कानको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।

सांसद प्रदीप यादवले पनि गरिव परिवारकी खातुनका बुवा छोरीको उपचारका लागि पैसा माग्न अन्य आफन्तकोमा गएको बताउँदै आफूले आफ्नो सांसदको तलब काटेर ५० हजार रुपैयाँ सहयोग गरेको बताए । उनले मुस्कानको उपचारमा धेरै खर्च लाग्ने किर्तिपुर अस्पतालका डाक्टरले बताएको बताए ।

उनले तत्काल पीडित मुस्कानको लागि सरकारले पैसाको सम्पूर्ण व्यवस्था गरोस् भन्दै विद्यमान कानुनले अपराधिले चाडै उन्मुक्ति पाउने हुनाले मुस्कानको जिन्दगी बर्बाद बनाउने अपराधिलाई कानुन संसोधन गरेर जन्म कैद वा फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए ।

वि.सं.२०७६ भदौ २२ आइतवार १७:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...